७७ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

[sharethis-inline-buttons]

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ७ हजार ९८१ जनाको परीक्षण गर्दा ७७ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । १८९ जना कोरोना संक्रमणमुक्त हुँदा सक्रिय संक्रमितको संख्या ५ हजार २१२ रहेको मन्त्रालयले जनाएको छ ।


प्रकाशित : २०७८ फाल्गुन २७ शुक्रबार