कांग्रेस बाराको सभापतिमा राजेशराय यादव निर्वाचित

[sharethis-inline-buttons]

बारा : नेपाली कांग्रेस बाराको सभापतिमा राजेशराय यादव निर्वाचित भएका छन्।

विजयी यादवले १२ सय ६ मत पाउँदा प्रतिद्वन्द्वी शम्भुबहादुर बुढाथोकीले ११ सय ५४ मत पाए।

निर्वाचनमा २९ मत भने बदर भएको प्रमुख निर्वाचन अधिकृत गङ्गेश्वरप्रसाद अधिकारीले जानकारी दिए।

नवनिर्वाचित सभापति यादवले पार्टीका नेता तथा कार्यकर्ता सबैलाई मिलाएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सभापतिमा विजयी यादव कलैया उपमहानगर पालिकाका मेयर हुन्।


प्रकाशित : २०७८ फाल्गुन ३० सोमबार