
पर्सा : प्रहरीले अवैध रुपमा नेपाल भित्र्याउन लागेको ठूलो परिमाणको मेडिकल सामग्री तथा खुद्रा मालवस्तु बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यायल पर्साले शनिबार राति वीरगञ्ज महानगरपालिका–१४ गण्डक सडकखण्डबाट औषधिसहित खुद्रा मालवस्तु बरामद गरेको हो ।
प्रदेश–१–२००१ ख ९२५२ नम्बरको ट्रकलाई चेक गर्दा करिब एक करोड ६० लाख मूल्य बराबरको सामान भन्सार छलि गरेर नेपाल भित्र्याएको खुलेपछि उक्ता सामग्री बरामद गरेको पर्सा प्रहरी प्रमुख एसपी रमेश बस्नेतले जानकारी दिए ।
बरामद औषधि लगायतको सामानसहित ट्रकलाई राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको एसपी बस्नेतले बताए । ट्रक चालक नियन्त्रमा रहेको र औषधिलगायत सामग्री धनीबारे अनुसन्धान भइरहेको उनको भनाइ छ ।