सालको अबैध काठ सहित तीन जना पक्राउ

[sharethis-inline-buttons]

बारा । सालको अबैध चिरान काठ सहिँत तीन जना बारामा पक्राउ परेका छन् । डिभिजन वन कार्यालय, सिमरा बाराले तीनै जनासहिँत काठले भरिएको ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको हो ।

तामागढी कोल्हवी सड्क खण्डबाट सुबेदार ध्रुब कुमार कटुवालको नेतृत्वमा गएको टोलीले करिब सो परिमाणको चिरान काठ बरामद गरेको हो ।

भुसको बोराले छोपेर ट्रयाक्टरमा काठ लोड गरी लैजाँदै गरेको अवस्थामा वन गस्ती टोलीले ती व्यक्तिहरू सहिँत काठ नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय सिमरा, बाराका प्रमुख मञ्जुर अहमदले जानकारी दिएका छन् ।

बिहान तीन बजे काठ लोड गरिएको ना.४.त.७७९ नम्बरको ट्रयाक्टरलाई बा.६४.प.७८३४ नम्बरको स्कुटीमा बसेर निजगढ नगरपालिका वडा नं.८ का २९ वर्षिय चन्द्र माझी र जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ टाँगिया वस्तीका २२ वर्षीय सेरफ दुर्जे बम्जनले लैंजाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियमित गस्तीको क्रममा गएको वन गस्ती टोलीलाई देख्ने बित्तिक्कै काठ लोड गरिएको ट्रयाक्टरका चालक निजगढ नगरपालिका वडा नं.८का २८ वर्षिय संतोष कुश्वार माझीले ट्रयाक्टरलाई तीव्र रुपमा कुदाएको डिभिजन वन प्रमुख अहमदले बताए ।

शंका लागेर ट्रयाक्टरलाई पछ्याउँदै गरेको वन गस्ती टोलीले करिब दुई किलाेमिटर लखेटेर ट्रयाक्टरलाई पक्राउ गर्न सफल भएको थियो । ट्रयाक्टर रोक्ने बित्तिक्कै ट्रयाक्टरमा सवार तीन जना ज्याला मजदुरी गर्ने मानिसहरु फरार भएका छन् ।

पक्राउ परेको काठ सहिँतको ट्रयाक्टरलाई नियन्त्रणमा राखेर पक्राउ परेका तीनै जना माथि थप अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय सिमरा, बाराले जनाएको छ ।


प्रकाशित : २०७८ फाल्गुन २७ शुक्रबार