चोलेन्द्रशमशेर राणाविरुद्धको महाअभियोग अघि बढ्ने भयो

[sharethis-inline-buttons]

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथिको महाअभियोग प्रस्ताव संसदमा अघि बढ्ने भएको छ। महाअभियोग प्रस्तावमाथि आइतबारदेखि संसदमा छलफल प्रक्रिया अघि बढ्ने भएको हो।

फागनु २९ गते आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोगमाथि छलफल हुने दिन र समय तोक्ने छन्।

संसदको आइतबारको बैठकको सम्भावित कार्यसूचीमा महाअभियोग प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने उल्लेख छ।

फागुन १ गते राणविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो। सो प्रस्तावमा ९८ सांसदले हस्ताक्षर गरेका छन्।


प्रकाशित : २०७८ फाल्गुन २७ शुक्रबार