धनुषामा अवैध बालुवा गिट्टी उत्खनन गर्ने एक्स्काभेटरसहित आधा दर्जन टिपर नियन्त्रणमा

[sharethis-inline-buttons]

जनकपुरधाम : धनुषाको कमला खोलामा अवैध बालुवा गिट्टी उत्खनन गरिरहेका एक एक्स्काभेटरसहित आधा दर्जन भन्दा बढी टिपरलाई नियन्त्रणमा लिइएको छ । ध

नुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ५ स्थित कमला खोलामा अवैध बालुवा गिट्टी उत्खनन गरिरहेको सूचना प्राप्त भएपछि प्रहरी चौकी पोर्ताहा र इलाका प्रहरी कार्यालय ढल्केवरबाट संयुक्त रूपमा खटेका प्रहरीले एक एक्स्काभेटर र ७ वटा टिपर नियन्त्रणमा लिएको धनुषा प्रहरीका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

संयूक्तरुपमा परिचालन भएका प्रहरी टोलीले ना.८ ख. ६१२४, ना.८ ख. ८३७३, प्र.–२–०१–०० ३ ख. ००५८, प्र. २–०१–००१ख.००५९, प्र.२–०३–००१ ख ३२२७, प्र. २–०३–००१ ख. ५०८४, प्र.२–०१–००१ख. ०१११ नम्बर टिपरहरू ७ वटा र सिआरईजिसीई ३०७ नम्बरको स्काई भेटेर नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि जिल्ला समन्वय समितिको कार्यालय धनुषामा पठाइएको उनले बताए ।

त्यस्तै सरकारी मोटरसाइकल चोरी गरेको आरोपमा एक नाबालकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहाको मिर्चैया नगरपालिका वडा नम्बर ५ बस्ने श्याम यादव (नाम परिवर्तन ) रहेको धनुषा प्रहरी नायब उपरीक्षक बस्नेत रहेका छन् ।

आरोपित नाबालकले धनुषाको विदेह नगरपालिका वडा नम्बर ४ स्थित ठाडी का वडा अध्यक्ष विनोद गोईतमान चढ्ने प्रदेश २–०२–००१ ब. ००३१ नम्बरको सरकारी पल्सर मोटरसाइकल आफ्नो घरमा पार्किङ गरी राखिएको थियो ।

चोरी भएको घटना सूचना जानकारी प्राप्तपछि धनुषा प्रहरीले मोटरसाइकल खोज तलास गर्ने क्रममा खटिएको अनुसन्धान टोलीले यदुकुवा स्थित भट्टी चोकबाट मोटरसाइकलसहित चोरी गरेको आरोपमा नाबालकलाई पक्राउ गरी चोरी सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको धनुषा प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।


प्रकाशित : २०७८ फाल्गुन ४ बुधबार