
काठमाडौं । नेपाली आकाशको सुरक्षामा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरबाट समेत निरन्तर प्रश्न उठिरहेका बेलापुनःहवाई दुर्घटनाको सूचीमाअर्को संख्याथपिएको छ– त्रिभुवनविमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा एकै परिवारका तीनसहति १८ जनाको मृत्यु ।
बुधबार यो दुर्घटनासम्मआइपुग्दा नेपाली आकाशमा ३६ आन्तरिक विमानसहित६१ हवाई दुर्घटना भएका छन् । यी दुर्घटनामा परि अहिलेसम्म नौ सय १५ जनाले ज्यानगुमाएका छन् ।
नेपालनागरिक उड्डयनप्राधिकरणका अनुसार, सन् १९५५ यतायात्रुको ज्यानजाने गरी ३६ आन्तरिक र आठ अन्तर्राष्ट्रिय विमानतथा १७ हेलिकोप्टर दुर्घटनाभएका छन् ।
वि.स. २०७९ माघ १ गतेपछि मानवीयक्षतिहुनेगरि जहाज दुर्घटना भएको यो पहिलो पटक हो । त्यसबेलायती एयरलाइन्सको एटिआर ७२ जहाजपोखरामा दुर्घटना हुँदाचालकदलका सदस्यसहित७२ जनाको मृत्यु भएको थियो ।
सी–चेक (निश्चित समयपछि गरिने परीक्षण)का लागि काठमाडौंबाट पोखराकालागि उडेको सौर्य एयरलाइन्सको विमानबुधबार बिहान ११ बजेर ११ मिनेटमा दुर्घटना भएको हो ।
दुर्घटनामाजहाजमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भयो । पाइलट मनिषरत्नशाक्यको भने जिवित नै उद्दार भयो ।पाइलट जीवित रहेको यो दुर्लभ घटना मानिएको छ । विमान दुर्घटनाका विषयमाअध्ययनगर्न सरकारले कार्यदल बनाइसकेको छ भने पर्यटनमन्त्री बद्री पाण्डेले घटनाबारे प्रभावकारी अध्ययन गर्ने र प्राप्तप्रतिवेदनकार्यान्वयनमाल्याउने जिकिर गरे ।
नेपाल एयरलाइन्समा ३० बर्ष सेवा गरेका क्याप्टेन ओम गुरुङ विमान दुर्घटनाका सम्बन्धमाचालकदललाई मात्र दोष दिने परिपाटी गलतभएको बताउँछन् । नेपालन्यूज बैंकसँगको कुराकानीमाउनी भन्छन्,‘तुलनात्मक रुपमा नेपालीहवाइआकाश केही असुरक्षितहो । तर दुर्घटनाको मुख्यकारण मौसम, आकाश, भौगोलिकअवस्थार चालकदललाई दोष दिएर नियमकनिकायउम्कन सक्दैन् ।’
हवाइ क्षेत्र सुरक्षित राख्न सरकार बढी जिम्मेबार हुनुपर्ने र निजी क्षेत्र संवेदनशिलबन्नुपर्ने क्याप्टेन गुरुङ बताउँछन् । क्याप्टेन गुरुङले दुर्घटनापछि बनेका अध्ययनकार्यदलले दिएको सुझावसहितको प्रतिवेदनकार्यान्वयननहुँदा समस्याआउने गरेको बताए । यता, क्याप्टेनशाक्यले एक सय फिटमा पुगेपछि जहाज कन्ट्रोल नभएको र तल खसेको बताएको उनको उपचारमा खटिएका चिकित्सकको भनाइ छ ।
शाक्यको भनाइलाई आधार मान्दाइन्जिनमा खराबीआएर जहाजअनियन्त्रितभएको बुझिन्छ । क्याप्टेन गुरुङले पनिइन्जिनमा खराबीआएको तर चालकदलका सदस्यले छिटो दिमागलगाउननसक्दाजहाजअनियन्त्रितहुनपुगेको हुनसक्ने अनुमान गर्छन् ।
त्रिभुवनविमानस्थलपरिसरमै पाँचदुर्घटना ः उद्धार असक्षम
देशकै आधुनिक र सर्वाधिक सुरिक्षतमानिएको त्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थलपरिसरमैबुधबारको दुर्घटनासहित पाँचदुर्घटना भएका छन् । तिमध्ये चार वटा दुर्घटनामा मानवीयक्षतीभएको छ भने एउटा मात्र दुर्घटनामा मानीयक्षतिहुनपाएको छैन ।
त्रिभुवनविमानस्थलमापहिलो ठूलो दुर्घटना १४ जनवरी १९९५ मा भएको थियो । त्यसवेलातत्कालीनशाही नेपालवायुसेवानिगमको जहाज दुर्घटना हुँदादुईजनाको ज्यानगएको थियो भने २३ घाइते भएकाथिए । त्यस्तै, २१ अप्रिल २००४ मा बुद्ध एयरको जहाज दुर्घटनामा एकको मृत्यु भएको थियो ।
त्यस्तै, ४ मार्च २०१५ मा टर्किस एयरको वाइडबडी अवतरणका क्रममा रनवेभन्दाबाहिर जाँदा दुर्घटनामा प¥यो । विमानमा सवार २३५ यात्रु घाइते भएकाथिए । उक्त दुर्घटनामा मानवीयक्षतिभने हुनपाएन ।
जहाजधावनमार्गमा अड्किँदा चार दिनसम्मविमानस्थलबन्दभएको थियो । त्यस्तै, मार्च २०१८ मा बंगलादेशबाट आएको युएस–बाङ्ला एयरलाइन्सको जहाजपनिअवतरणका क्रममा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा चालकदलसहित७१ यात्रुमध्ये ५१ जनाको ज्यानगएको थियो । सरकारले पटक पटक दुर्घटनाको पूर्वतयारी भन्दै लाखौं खर्च गरेर अभ्यास गर्ने भएपनि राजधानीस्थितकै आधुनिकविमानस्थलमा दुघर्टनामामानवीयक्षति हुनबाट जोगाउननसक्नु दुःखदमानिएको छ ।
नेपालमापहिलो विमान दुर्घटना वि.सं २०१२ मा भएको थियो । कालिंगा एयर दुर्घटनामा दुई जनाको निधनभएको थियो । त्यस्तै, विसं २०१३ साल जेठ १३ मा अर्को दुर्घटना भयो । इण्डियन एयरलाइन्सको यस विमान दुर्घटनामा १४जनायात्रीको निधनभएको थियो ।
इतिहासबारे जानकार सन्तोष खरेडी लेख्छन्,‘काठमाडौं गौचर हवाईअड्डामाअवतरणका क्रममा रनवेमा सन् १९५६ मे १५ को अपराह्न ०३ः०५ मा इन्डियन एअरलाईन्सको विमान दुर्घटना भयो । काठमाडौंमा दुर्घटना भएको पहिलो, नेपालमा दुर्घटना भएको दोस्रो विमानहो । त्यसै बर्षको अप्रिल ३० मा राजामहेन्द्रको राज्याभिषेक समारोह हुँदागौचर हवाईअड्डामात्यतिबेलासम्म सबैभन्दा बढी १० घन्टामा ६० वटा विमान (प्रत्येक १० मिनेटमा एउटा विमान) अवतरण भएकाथिए।
सिमराबाटयात्रु लिएर गौचर हवाईअड्डामाआइपुगेको उक्तविमानमाचालकदलका सदस्यहरु सहित ३१ जनायात्रु सवार थिए। विमानहवाईअड्डाको रनवेमा आएर पनिचालकले नियन्त्रण गर्न नसक्दाविमानमनहरा फाँटमा खसेको थियो । १५जनाको ज्यानजाने गरि भएको विमान दुर्घटना लगत्तै सरकारले एउटा छानबिन समिति गठन गरेको थियो ।’
त्यसपछि साना–ठूला दुर्घटना थपिँदै गए । आउनुस्आज नेपालमाभएकाआन्तरिक तथाअन्तरर्राष्ट्रिय हवाई दुर्घटना र ति दुर्घटनामा भएको मानवीयक्षतिबारे स्पष्ट तथ्यांकहरु भेटाइदैन् ।
मल्टिइन्जिन विमानदुर्घटनामा बढी क्षति
नेपालको हवाई सात दशकको हवाई इतिहासमा दुर्घटना र त्यसको क्षतिको ग्राफ समेत उत्तिकै बढ्दै गइरहेको छ । नेपालमाभएकाहवाई दुर्घटनाको इतिहास पल्टाएर हेर्दा नेपालमा सिंगल इन्जिनको तुलनामा मल्टिइन्जिन विमान दुर्घटनामा धेरै मानवीयक्षतिभएको पाइएको छ ।
नेपालनागरिक उड्डयन प्राधिकरणका अनुसार नेपालमाहालसम्ममिल्टइन्जिनका ५१ वटा विमान दुर्घटना भएका छन् ति दुर्घटनामा चार सय ६९ जनाको मृत्यु भएको छ । विभिन्नअन्तरर्राष्ट्रिय रिपोर्टहरुले समेत नेपालमा बढि दुर्घटना हुने र बढी मानवीयक्षतिहुने विमानहरु मल्टिइन्जिनका रहेको समय समयमा सार्वजनिक गर्ने रिपोर्टहरुले देखाउँदै आएको छ ।
दुर्घटनामा परेका मल्टिइन्जिनयुक्तविमानहरु ः
१.२४ जुलाई २०२४ ः त्रिभुवनविमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना, १८ जनाको मृत्यु ।
२. १५ जनवरी २०२३ ः पोखराको सेतीखोँचमायती एयरलाइन्सको विमान दुर्घटना, ७२ जनाको मृत्यु ।
३.२९ मे २०२२ ः मुस्ताङको तितीमातारा एयरको विमान दुर्घटना, २२ जनाको मृत्यु ।
४. २८ मार्चा २०२० ः बाँकेको नेपालगञ्जविमानस्थलमा नेपाल एयरलाइन्सको विमान दुर्घटना, मानवीयक्षतिनभएको ।
५. १४ अप्रिल २०१९ ः लुक्लाविमानस्थलमा समिट एयरको विमान दुर्घटना, ३ जनाको मृत्यु ।
६. २८ नोभेम्बर २०१७ ः हुम्लाको सिमिकोटमा तारा एयरको विमान दुर्घटना, मानवीयक्षतिनभएको ।
७. २७ मे २०१७ ः लुक्ला एयरपोर्टमा समिट एयरको विमान दुर्घटना, दुईजनाको मृत्यु ।
८. २४ फेब्रुअरी २०१६ ः म्याग्दीको दानामातारा एयरको विमान दुर्घटना, २३ जनाको मृत्यु ।
९. १६ फेब्रुअरी २०१४ ः अर्घाखाँचीको मसिने लेकमा नेपाल एयरलाइन्सको विमान दुर्घटना, १८ जनाको मृत्यु ।
१०. १ जुन २०१३ ः सिमिकोट विमानस्थलमा सीता एयरको विमान दुर्घटना, मानवीयक्षतिनभएको ।
११. १६ मे २०१३ ः जोमसोम विमानस्थलमा नेपाल एयरलाइन्सको विमान दुर्घटना, मानवीयक्षतिनभएको ।
१२. २८ सेप्टेम्बर २०१२ ः भक्तपुरको मनोहरामा सीता एयरको विमान दुर्घटना, १९ जनाको मृत्यु ।
१३. २१ सेप्टेम्बर २०१२ ः डोल्पामा सीता एयरको विमान दुर्घटना, मानवीयक्षतिनभएको ।
१४. १४ मे २०१२ ः जोमसोम विमानस्थलमाअग्नि एयरको विमान दुर्घटना, १५ जनाको मृत्यु ।
१५. २५ सेप्टेम्बर २०११ ः ललितपुरको कोटडाँडामा बुद्ध एयरको विमान दुर्घटना, १९ जनाको मृत्यु ।
१६. १५ डिसेम्बर २०१० ः ओखलढुंगामा तारा एयरको विमान दुर्घटना, २२ जनाको मृत्यु ।
१७. २४ अगस्ट २०१० ः मकवानपुरको शिखरपुरमा अग्नि एयरको विमान दुर्घटना, १४ जनाको मृत्यु ।
१८. ८ अक्टोबर २००८ ः लुक्लाविमानस्थलमायती एयरलाइन्सको विमान दुर्घटना, १८ जनाको मृत्यु ।
१९. ३ जुलाई २००६ ःबाजुरा विमानस्थलमायती एयरलाइन्सको विमान दुर्घटना, मानवीयक्षतिनभएको ।
२०. १२ जुन २००६ ः जुम्लाविमानस्थलमायती एयरलाइन्सको विमान दुर्घटना, ९ जनाको मृत्यु ।
२१.३० जुन २००५ ः लुक्लाविमानस्थलमागोरखा एयरलाइन्सको विमान दुर्घटना, मानवीयक्षतिहुनपाएन।
२२. २५ मे २००४ ः सोलुखुम्बुको लामजुरामायती एयरलाइन्सको विमान दुर्घटना, ३ जनाको मृत्यु ।
२३. २१ अप्रिल २००४ ः त्रिभुवनविमानस्थलमा वुद्ध एयरको विमान दुर्घटन, १ जनाको मृत्यु ।
२४. २२ अगस्ट २००२ ः कास्कीको पोखरामा सांग्रीला एयरको विमान दुर्घटना, १८ जनाको मृत्यु ।
२५. १७जुलाई २००२ ः सुर्खेतको गडगडे डाँडामा स्काई लाइन एयरलाइन्सको विमान दुर्घटना, ४ जनाको मृत्यु ।
२६. ५ अप्रिल २००१ ः तुम्लिङटारमा यती एयरलाइन्सको विमान दुर्घटना,मानवीयक्षतिहुनपाएन ।
२७. १९ नोभेम्बर २००० ः तुम्लिङटारमा कस्मिक एयरको विमान दुर्घटना, मानवीयक्षतिहुनपाएन ।
२८. ३ नोभेम्बर २००० ः लुक्लामागार्खा एयरलाइन्सको विमान दुर्घटना, मानवीयक्षतिहुनपाएन ।
२९. २७जुलाई २००० ः डडेल्धुराको जोगबुढामा नेपाल एयरलाइन्सको विमान दुर्घटना, २५ जनाको मृत्यु ।
३०. २६ फेब्रुअरी २००० ः बझाङमा नेपाल एयरलाइन्सको विमान दुर्घटना, १ जनाको मृत्यु ।
३१. २५ डिसेम्बर १९९९ ः मकवानपुरको बुर्जोलेकमा स्काई लाइन एयरलाइन्सको विमान दुर्घटना, १० जनाको मृत्यु ।
३२.५ सेप्टेम्बर १९९९ ः काठमाडौंको थानकोटमा नेकोन एयरको विमान दुर्घटना, १५ जनाको मृत्यु ।
३३. २१ अगस्ट १९९८ ः म्याग्दीको चुच्चेखर्कमा सांग्रीला एयरको विमान दुर्घटना, १८ जनाको मृत्यु ।
३४. २३ डिसेम्बर १९९६ ः डोल्पामा नेपाल एयरलाइन्सको विमान दुर्घटना,मानवीयक्षतिहुनपाएन ।
३५. २८ जुलाई १९९६ ः सिमिकोटमा (एटीएससी, डीसीए) विमान दुर्घटना, मानवीयक्षतिहुनपाएन ।
३६. २५ अप्रिल १९९६ ः चितवनको मेघौलीमा नेपाल एयरलाइन्सको विमान दुर्घटना, मानवीयक्षतिहुनपाएन ।
३७. १५ जुलाई १९९५ ः चितवनको भरतपुरमा नेपाल एयरलाइन्सको विमान दुर्घटना । मानवीयक्षतिहुनपाएन।
३८. १४ जनवरी १९९५ ः काठमाडौं विमानस्थलमा नेपाल एयरलाइन्सको विमान दुर्घटना, २ जनाको मृत्यु ।
३९. ३१ जुलाई १९९३ ः सालीघोप्टेमा एभरेस्ट एयरको विमान दुर्घटना, १८ जनाको मृत्यु ।
४०. ८ नोभेम्बर १९९३ ः जोमसोममा नेपाल एयरलाइन्सको विमान दुर्घटना,मानवीयक्षतिहुनपाएन ।
४१. २६ सेप्टेम्बर १९९२ ः सिमिकोटमा (एटीएससी, डीसीए) विमान दुर्घटना, मानवीयक्षतिहुनपाएन ।
४२. २८ जुन १९९१ ः सिमिकोटमा एटीएससी, डीसीए विमान दुर्घटना, मानवीयक्षतिहुनपाएन ।
४३.९ जुन १९९१ ः लुक्लामानेपाल एयरलाइन्सको विमान दुर्घटना, मानवीयक्षतिहुनपाएन ।
४४. १९ अगस्ट १९८७ ः डोल्पामा नेपाल एयरलाइन्सको विमान दुर्घटना, मानवीयक्षतिहुनपाएन ।
४५. २ मे १९८६ ः अछामको साँफेबगर विमानस्थलमा नेपाल एयरलाइन्सको विमान दुर्घटना, मानवीयक्षतिहुनपाएन ।
४६. २२ डिसेम्बर १९८४ ः चेक्लाटी डाँडामा नेपाल एयरलाइन्सको विमान दुर्घटना, १५ जनाको मृत्यु ।
४७. १५ अक्टोबर १९७३ ः लुक्लामा नेपाल एयरलाइन्सको विमान दुर्घटना, मानवीयक्षतिहुनपाएन ।
४८. २५ जनवरी १९७० ः भारतको नयाँदिल्लीमा नेपाल एयरलाइन्सको विमान दुर्घटना, १ जनाको मृत्यु ।
४९. १२ जुलाई १९६७ ः मकवनापुरको हेटौडा नजिकै नेपाल एयरलाइन्सको विमान दुर्घटना, ३५ जनाको मृत्यु ।
५०. १ अगस्ट १९६२ ः तुलाचनधुरीमा नेपाल एयरलाइन्सको विमान दुर्घटना, १० जनाको मृत्यु ।
५१. ५ नोभेम्बर १९६० ः रुपन्देहीको भैरहवामा नेपाल एयरलाइन्सको विभान दुर्घटना, ४ जनाको मृत्यु ।
सिंगल इन्जिनयुक्त र विदेशीविमानहरु भएको दुर्घटनाको विवरण
१. २९ मे २०२२ ः मुस्ताङको लार्जुङमा तारा एयरको विमान दुर्घटना, २२ जनाको मृत्यु ।
२. १६ मे २०१८ ः सिमिकोट पासमामकालु एयरको विमान दुर्घटना, २ जनाको मृत्यु ।
३. ८ अप्रिल २०१६ ः सिमिकोट नजिकमकालु एयरको विमान दुर्घटना,मानवीयक्षतिहुनपाएन ।
४. २६ फेब्रुअरी २०१६ ः कालिकोटको चिल्खायामा एयर काष्ठमण्डपको विमान दुर्घटना, २ जनाको मृत्यु ।
५. २१ नोभेम्बर २०११ ः मुगुको ताल्चाविमानस्थलमामकालु एयरको विमान दुर्घटना,मानवीयक्षतिहुनपाएन ।
६. १७जनवरी १९९९ ः जुम्लामा नेकोन एयरको विमान दुर्घटना, ५ जनाको मृत्यु ।
७. २० नोभेम्बर १९९८ ः सोलुखुम्बुको फाक्दिङमा नेपाल एयरलाइन्सको विमान दुर्घटना, १ जनाको मृत्यु ।
८. ३० अक्टोबर १९८१ ःमोरङको विराटनगरमा नेपाल एयरलाइन्सको विमान दुर्घटना, १० जनाको मृत्यु ।
९. ३१ मार्च १९७५ ः काठमाडौंको बौद्धमा नेपाल एयरलाइन्सको विमान दुर्घटना हुँदा ५ जनाको मृत्यु ।
१०.३० अगस्ट १९५५ ः बाराको सिमरामाकालिंगा एयरको विमान दुर्घटना, २ जनाको मृत्यु ।
११. १५ मे १९५६ ः काठमाडौंमा इन्डियन एयरलाइन्सको विमान दुर्घटना, १४ जनाको मृत्यु ।
१२. २४ मे १९५८ ः पत्ने भन्ज्याङमा इन्डियन एयरलाइन्सको विमान दुर्घटना, २० जनाको मृत्यु ।
१३. १० मे १९७४ ः त्रिभुवनविमानस्थलमाथाई एयरवेजको विमान दुर्घटना, १ जनाको मृत्यु ।
१४. ३१ जुलाई १९९२ ः रसुवाको घ्याङफेदीमाथाई एयरवेजको विमान दुर्घटना, ११३ जनाको मृत्यु ।
१५. २८ सेप्टेम्बर १९९२ ः ललितपुरको भट्टेडाँडामा पाकिस्तान इनटरनेशनल एयरलाइन्सको विमान दुर्घटना, १६७जनाको मृत्यु ।
१६.७जुलाई १९९९ ः काठमाडौंको भष्मासुर डाँडामा फ्रान्सको फुफुथान्साको विमान दुर्घटना, ५ जनाको मृत्यु ।
१६. ४ मार्चा २०१५ ः त्रिभुवनअन्तराष्ट्रिय विमानस्थलमा टर्किस एयरलाइन्सको विमान दुर्घटना । मानवीयक्षतिहुनपाएन ।
१७. १२ अप्रिल २०१८ ः त्रिभुवनअन्तराष्ट्रिय विमानस्थलमाबंगलादेशको युएस बंगलाको विमान दुर्घटना, ५१ जनाको मृत्यु ।
१८. २० अप्रिल २०१८ ः त्रिभुवनअन्तराष्ट्रिय विमानस्थलमामलेसियाको मालिन्दो एयरको विमान दुर्घटना,मानवीयक्षतिहुनपाएन ।
(नरेशकुमार जोशी, नेपालन्युज बैंक)
०००