काँग्रेससँग सहकार्य गरेर अगाडी बढ्न तयार रहेको एमाले अध्यक्ष ओलीको भनाइ

[sharethis-inline-buttons]

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले काँग्रेससँग सहकार्य गरेर नेकपा एमाले देश विकासमा सँगै हिँड्न तयार रहेको बताउनुभएको छ । काँग्रेसको १४ औं महाधिवेशनको उद्घाटनशत्रमा शुभकामना गर्दै अध्यक्ष ओलीले देशको अभिभारा काँग्रेस र एमालेको काँधमा रहेको बताउनुभएको थियो । उहाँले आफू शुभकामना दिन उपस्थित भएको भन्दै अन्य बिषयमा धेरै कुरा नगर्ने बताउनुभएको थियो । देश बनाउने विषयमा काँग्रेससँग एमाले एक रहने उहाँको भनाइ छ ।


प्रकाशित : २०७८ मंसिर २४ शुक्रबार