विश्वभर कोरोना सङ्क्रमण निको हुनेको सङ्ख्या २४ करोड नाघ्यो

[sharethis-inline-buttons]

काठमाडौं । विश्वभर कोरोना भाइरसको सङ्क्रमण निको हुनेको संख्या २४ करोड नाघेको छ । यो खबर तयार पार्दासम्म २६ करोड ७३ लाखभन्दा धेरैमा कोरोना पुष्टि भएको वल्डोमिटरले जनाएको छ । जसमध्ये २४ करोड ७ लाखभन्दा धेरै मानिस निको भएका छन् । यस्तै ५२ लाख ८५ हजारको भने मृत्यु भएको छ ।

गत २४ घण्टामा मात्रै विश्वभर ५ लाख ९१ हजारभन्दा धेरै सङ्क्रमित थपिएका छन् । ४ लाख ७३ हजारभन्दा धेरै निको हुँदा ७ हजारभन्दा बढीको भने मृत्यु भएको छ ।

यसैबीच कोरोनाको नयाँ स्वरुप ओमिक्रोन यसअघिको डेल्टा भेरियन्टभन्दा धेरै सङ्क्रामक रहेको अध्ययनले देखाएको छ । बेलायतमा गरिएको अध्ययनले ओमिक्रोन एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्ने देखाएको हो । तर यसले मानिसलाई कति विरामी पार्छ भन्नेबारेमा भने अध्ययन हुनै बाँकी रहेको बीबीसीले जनाएको छ ।


प्रकाशित : २०७८ मंसिर २२ बुधबार