अर्नमा गाउँपालिकाको नीति तथा कार्यक्रम पेस

[sharethis-inline-buttons]

अर्नमा गाउँपालिकाको नीति तथा कार्यक्रम गाउँ सभा अधिवेशनमा पेस भएको छ । बैशाख ७ गते गाउँ कार्यपालिकाको सभाहलमा आयोजित गाउँसभामा गाउँपालिका अध्यक्ष अशोक यादवले नीति तथा कार्यक्रम वाचन गरेर प्रस्तुत गर्नुभएको थियो ।

नीति तथा कार्यक्रममा अर्नमा गाउँपालिकाले शिक्षा तथा स्वास्थ्यलाई प्राथमिकताको सूचीमा समावेश गरेको छ । आर्थिक विकासका लागि कृषि , पशुपालन तथा सहकारी प्रवद्र्धनमा जोड दिने बताइएको छ । त्यसैगरी भौतिक पूर्वाधार र सिंंचाईलाई पहिलो प्राथमिकतामा राख्ने कुरा नीति तथा कार्यक्रममा उल्लिखित छ । उत्पादनमूलक क्षेत्रमा लगानी गर्दै उद्यमशीलता र रोजगारी वृद्धिमा ध्यान दिने कुरा नीति र कार्यक्रममा समावेश गरिएको छ । सार्वजनिक सेवा प्रवाहमा सुधारका सार्थ वित्तीय अनुशासन कायम गर्दै पारदर्शीता अपनाउने र सुशासन कायम गर्ने अठोट लिइएको छ ।
बालबालिका , महिला र दलित वर्गका लागि पनि सशक्तिकरण र सीप विकासका तालिमहरु ज्स्ता कार्यक्रमहरु ल्याइने नीतिको घोषणा गरिएको छ । नीति तथा कार्यक्रममा वातावरण संरक्षण , सरसफाई अभियान , धार्मिक स्थलहरुको संरक्षण तथा सौन्दर्यकरण , पर्यटन विकास , विपद् व्यवस्थापन तथा गैर सरकारी संस्था एवं लाइन एजेन्सीहरुसँग समनव्य गर्ने कुरा उल्लेख छ ।

लैङ्गिक समता , सामुदायिक शिक्षाको सवलीकरण , गुणस्तरीय तथा निशुल्क स्वास्थ्य सेवा , आमा तथा शिशु बचाउ कार्यक्रम , सडक स्तरोन्नति , सिंचाई सुविधा र कृषिको आधुनिकीकरण तथा बजारीकरण नीति तथा कार्यक्रम भित्रका आकर्षक पक्षहरु हुन् ।
नीति तथा कार्यक्रमको पूर्णपाठ पनि समावेश गरिएको छ ।

CamScanner 04-21-2024 14.35

 

 


प्रकाशित : २०८१ बैशाख १० सोमबार