नेपाल बन्दकाे प्रभाव : उपत्यकामा सार्बजनिक सवारी चलेनन,यात्रुलाई सास्ती

[sharethis-inline-buttons]

३० कार्तिक,काठमाण्डौ ।पेट्रोलियम पदार्थको मुल्यबृद्धि फिर्ताको माग गर्दै बिप्लप नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको कारण आज बिहानैबाट उपत्यकामा सार्बजनिक सवारीका साधन नचल्दा सर्बसाधरण मर्कामा परेका छन ।

आज बिहानैबाट सार्बजनिक यातायातका साधन नचल्दा काममा जान हिँडेका सर्बसाधरण बिचल्लीमा परेका छन । काठमाडौंको नयाँ बसपार्क, कलंकी, कोटेश्वर, बल्खु लगायतका ठाउँमा रहेका यात्रुले गन्तव्यमा जानको लागि सबारी साधन पाएका छैनन्।

कठमाण्डौको चोकचोकमा बिहानेबाट बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ ।बिहानैदेखि काठमाडौँ उपत्यकाबाट लामो गन्तव्यका लागि छुट्ने कुनै पनि सबारी साधन नचलेका नागढुंगा प्रहरीले जनाएको छ।


प्रकाशित : २०७८ कार्तिक ३० मंगलवार