सभाखोलाले बगाएका ऋतिक अझै बेपत्ता

[sharethis-inline-buttons]

मेघराज तामाङ

संखुवासभा । सभापोखरी गाउँपालिका ६ बाह्रविसेस्थित सभाखोलाले बगाएका दुई मध्ये ऋतिक अझै विपत्ता छन् । कार्तिक २० गते शनिबार भाइटिकाको दिन बिहान ९ बजेतिर सभाखोलामा नुहाउन जाँदा वर्ष ८ का विपन विशवकर्मा र वर्ष ९ का ऋतिक विश्वकर्मालाई बगाएको थियो । सोही दिन विपनको शव करिब ५ सय मिटर तल पुल मुनि फेला परेको थियो । तर घटनाको ६ दिन बित्दासमेत ऋतिक भेटिएका छैनन् । उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

सभापोखरी १ धुपूका ऋतिक सभापोखरी ६ स्थीत मावलीमा पाहुना गएका थिए । भाईटिका लगाउनका लागि घर नजिकैको सभाखोलामा नुहाउन गएका उनीहरुलाई खोलाले बगाएको हो । भाईटिकाको साइत भईसक्दा पनि उनीहरू घर नफर्किएपछि खोलामा खोज्न जाँदा खोला किनारमा लुगा फुकालिएको मात्र भेटिएको स्थानीयले बताएका थिए । त्यसपछि खोलाले बगाएको आशंका गरि प्रहरीलाई खबर गरेका थिए ।


प्रकाशित : २०७८ कार्तिक २५ बिहीबार