टी–ट्वान्टी विश्वकप क्रिकेट : आज पाकिस्तान र अष्ट्रेलियाबीच खेल हुने

[sharethis-inline-buttons]

काठमडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा आज पाकिस्तान र अष्ट्रेलियाबीच खेल हुनेछ । दुबई को अन्र्तराष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा दुबै देश फाइनलमा पुग्ने लक्ष्यमा हुनेछन् । गएराति भएको खेलमा भने न्युजिल्याण्ड विजयी भएको छ । जितसँगै न्युजिल्याण्ड आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

अबुधाबीमा भएको खेलमा इङ्ल्याण्डलाई ५ विकेटले हराउँदै न्युजिल्याण्ड विश्वकपको फाइनल पुगेको हो । १ सय ६७ रनको लक्ष्य न्युजिल्याण्डले ६ बल अगावै ५ विकेट गुमाएर पुरा गर्यो । न्युजिल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ्गमा उत्रिएको इङ्ल्याण्डले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ६६ रन बनाएको थियो । अब उपाधिका लागि न्युजिल्याण्डले अष्ट्रेलिया र पाकिस्तानबीचको विजेतासँग खेल्नेछ ।


प्रकाशित : २०७८ कार्तिक २५ बिहीबार