युनेस्कोको ४१ औँ महासभामा भाग लिन मन्त्री पौडेल फ्रान्स प्रस्थान

[sharethis-inline-buttons]

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल फ्रान्स प्रस्थान गर्नुभएको छ । संयुक्त राष्ट्रसंघको शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोको ४१ औँ महासभामा भाग लिन मन्त्री पौडेल हिजो राति ८ : २५ बजे फ्रान्सको राजधानी पेरिस प्रस्थान गर्नुभएको हो ।

१९३ राष्ट्र को प्रतिनिधित्व रहेको महासभा बैठकमा शिक्षामन्त्री एवम् युनेस्कोका लागि नेपालका अध्यक्ष पौडेलले आज अर्थात ११ नोभेम्बरमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । युनेस्कोको मुख्यालयमा ९ नोभेम्बरदेखि जारी महासभामा उहाँले राष्ट्रसंघीय दिगो विकास लक्ष्यको लक्ष्य नं ४ अन्तर्गत शिक्षा क्षेत्रमा भएका प्रगति, उच्च शिक्षा तथा समावेशीताजस्ता विषयमा सम्बोधन गर्ने कार्यक्रम छ ।


प्रकाशित : २०७८ कार्तिक २५ बिहीबार