सिरहा राजपुर गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर

[sharethis-inline-buttons]

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको राजपुर गाविसका तत्कालीन गाविस सचिव केशव घिमिरेसहित तीनजनाविरुद्ध भ्रष्टाचार आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०६९/७० र ७०/७१ को आन्तरिक आम्दानी शीर्षकमा हिनामिना गरेको आरोपमा उनीसहित तीन जनाविरुद्ध अख्तियारले शुक्रवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

 


प्रकाशित : २०७८ फाल्गुन २७ शुक्रबार