
५ कात्तिक, इटहरी । गत बुधबार वर्षासंगै आएको बाढीले बेपत्ता बनाएका इटहरी ७ निवासी ३१ वर्षीय कैलाश मण्डलको शव शुक्रबार बिहान स्थानीय खोलामा भेटिएको छ ।
खोलामा आएको बाढी अवलोकलन गर्न निस्किएका मण्डल बुधबार साँझदेखि नै बेपत्ता बनेका थिए । उनको खोजि गर्ने क्रममा घर छेउकै स्थानीय खेती खोलामा शुक्रबार शव भेटिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
प्रकाशित : २०७८ कार्तिक ५ शुक्रबार