![](https://dawanal.com/wp-content/uploads/2024/05/1234.jpg)
गोलबजार स्थित राम प्रताप राम प्रसाद तामाङ्ग जनता बहुमुखी क्याम्पसको क्याम्पस सभा सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको सभाले पुरानै अध्यक्ष सूर्यमान तामाङ्गलाई नयाँ कार्यकालको लागि पनि सञ्चालक समितिको अध्यक्षमा चयन गरेको छ । उपाध्यक्षमा पूर्व सांसद जगत यादव चयन भएका छन् भने सदस्यमा नेपाली कांग्रेसका नेता चन्द्रदेव यादव चुनिनु भएको छ । यो समितिको कार्यकाल तीन वर्षको रहने छ ।
क्याम्पस सभामा पहिलो सत्रमा लेखा परीक्षण प्रतिवेदन र क्याम्पसको अवस्थाबारे प्रस्तुति गरिएको थियो । सभा सुरु हुनु अघि असन्तुष्ट विद्यार्थीहरुसँग सभाका प्रतिनिधिहरुले वार्ता गरी उनीहरुको सवाललाई संवोधन गरिएको थियो ।
प्रकाशित : २०८१ बैशाख २३ आईतवार