छुरा प्रहारगरी युवकको हत्या: सिरहाको गोलबजार तनावग्रस्त

[sharethis-inline-buttons]

जनकपुरधाम – सिरहाको गोलबजार नगरपालिका– ६ डोहटियामा छुरा प्रहारबाट एकजनाको हत्या भएको छ भने एक जना घाइते भएका छन् । घटनाको विरोधमा स्थानीय आन्दोलित भएका छन् । डोहटिया टोलका बासिन्दा गोलबजार आएर पूर्व–पश्चिम राजमार्ग अबरूद्ध पारेका हुन् । उनीहरूले ईलाका प्रहरी कार्यालय गोलबजार अगाडि र राजमार्गको विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । बजारसमेत बन्द गराएका छन् । घटनामा संलग्नलाई पक्राउ गरी कडा कारबाही गर्नुपर्ने, घाइतेको निशुल्क उपचार, पीडित परिवारलाई क्षतिपूर्ती दिनुपर्ने उनीहरूको माग छ ।

शनिवार राति घर जाने क्रममा गोलबजार नगरपालिका ६ डोहटियाका अन्दाजी २६ वर्षीय रामकुमार सदाय र १९ वर्षिय निकेश सदायमाथि अपरिचित यूवाहरुको समूहले छु’रा प्रहार गरेका थिए । छात्तीमा छु’रा लागेका रामकुमारको मृत्यु भएको छ । गम्भीर घाइते निकेशको उपचार धनगढीको आरके मेडिसिटी अस्पतालमा भइरहेको छ ।


प्रकाशित : २०७८ पुष ४ आईतवार