राष्ट्रिय मानव अधिकार आयोगका माननीय सदस्य मिहिर ठाकुरले मिर्चैया नगरपालिका र मुक्ति नेपाल
गैर सरकारी संस्थालाई महिला हिंसा विरुद्धको १६ दिने अभियान तथा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको भव्य आयोजनाका लागि धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले एकाबिहानै विद्यालयका छात्र छात्रा, शिक्षक, महिला , अधिकारकर्मी, जनप्रतिनिधि , व्यापारी तथा आम जनसमुदायको सहभागितामा निस्केको ¥यालीले मानव अधिकारको प्रवद्र्धन गरेको औल्याउनु भयो । माननीय सदस्य ठाकुरले सो कुरा मिर्चैया नगरपालिकाले महिला हिंसा विरुद्धको १६ दिने अभियानको समापन र अन्तर्राष्ट्रिय मानव अधिकार दिवस कार्यक्रममा बोल्दै बताउनु भएको हो । ।
माननीय सदस्य ठाकुरले मानव अधिकारको पक्षमा समाजमा बढदो चासो र जागरुकताले सकारात्मक सन्देश दिएको बताउनुभया । दोश्रो पटक निर्वाचित मेयर श्रवणकुमार यादवले लोकप्रिय काम गरेकोले उहाँलाई जनताले रुचाएर पुन निर्वाचित गरेको बताउनु भयो ।
सभाध्यक्षको हैसियतबाट बोल्दै मिर्चैया नगरपालिकाका प्रमुख श्रवणकुमार यादवले भन्नुभयो, “समाजमा न्याय र समानता कायम गर्न मानव अधिकारको प्रचलन आवश्यक हुन्छ । अधिकारको प्रचलनबाट नै विभेदको अन्त्य हुन्छ । विकासका लागि मानव अधिकार प्रति सचेत समाज पनि आवश्यक छ । महिला हिंसाको अन्त्य गर्न मानव अधिकारको प्रचलनमा जोड दिनै पर्छ । ”
न्गर प्रमुख यादवले भौतिक विकास मात्र विकास होइन भन्दै जनतालाई अधिकार सम्पन्न बनाउनु पनि विकास हो । जातीय, वर्गीय, लिङ्गिय विभेदहरु ह्टाएर न्याय स्थापना गर्नु र समानता ल्याउनु मुख्य विकास हो भन्नुभयो । नगर प्रमुख यादवले मानव अधिकारको दृष्टिकोणबाट यी कार्यहरु महत्वपूर्ण छन् , मिर्चैया नगरपालिकाले मानव अधिकारको प्रचलनलाई उच्च महत्व दिइरहने वचन दिनुभयो । त्यसकारण मानव अधिकार प्रति आम जनताको जनचेतना बढाउन यो भव्य कार्यक्रमको आयोजना गरिएको हो उहाँको कथन थियो ।
न्गर प्रमुख यादवले भन्नुभयो, हामीले मिर्चैयामा नगरपालिकाबाट एउटा अस्पताल सञ्चालन गरेका छौं । त्यसमा ४ जना एमडी स्तरका डाक्टरहरु कार्यरत छन् । थप दुई जना एमविएस डाक्टर भर्ना गर्न विज्ञापन गरेका छौं । विद्यालयहरुलाई स्तरोन्नति गर्दै लगेका छौं । माध्यमिक विद्यालयहरुमा कक्षा कोठा थप्न भवन निर्माण कार्य गरिदैछ ।
यादवले भन्नुभयो , “म जस्तै अन्य कतिपय पालिकाहरुमा जितेका मेयरहरु निमग्न छन् । चिन्ता फिक्री छैन । तर मैले जनताको लागि विकास र समृद्धि ल्याउन जहिले पनि चुनौतीको सामना गरिरहेको छु । त्यसकारण जनताले मलाई दोश्रो पटक पनि निर्वाचित गराए । ”
नेकपा माओवादी पार्टीबाट मिचैृया नगरपालिकामा दोश्रो पटक निर्वाचित मेयर यादवले १० वर्षे जनयुद्ध नभएको भए संघीय लोकतान्त्रिक गणतन्त्र आउँदैनथ्यो भन्दै यो संविधान पनि बन्दैनथ्यो , तीन तहको सरकार पनि हुँदैनथ्यो भनेर आफ्नो पार्टीको बडाई पनि गर्न चुक्नु भएन । उहाँले जनयुद्ध नभएको भए जनता अधिकार सम्पन्न बन्दैनथे । आजको अधिकार सम्पन्न जनता र संघीय लोकतान्त्रिक गणतन्त्र जनयुद्धकै कारण सम्भव भएको हो भन्ने उहाँले दावी गर्नुभयो ।
नगर प्रमुख यादवले सिरहामाआम जनता त परै जाओस् प्रहरी नै तस्करहरुबाट असुरक्षित रहेको औल्याउनु भयो । उहाँले भन्नुभयो जव तस्करहरुले प्रहरी अधिकारीहरु उपर नै गाडी दौडाएर किचेर जान्छ त्यहाँ आम नागरिकले कसरी सुरक्षाको अनुभुति गर्न सक्छन् ? प्रहरी अधिकारीहरुको विकाउ प्रवृतिले समाज माथि अपराधी हावी भएको सिरहाको स्थितिबारे नगर प्रमुख यादवले मानव अधिकार आयोगको ध्यानाकर्षण गराउनु भयो ।
कार्यक्रममा मिर्चैया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु रञ्जन बरालले स्वागत भाषण गर्नुभएको थियो । कार्यक्रममा संविधानसभा सदस्य माननीय जगत यादवको पनि सहभागिता रहेको थियो ।