जबरजस्ती करणी गरेको आरोपमा दुई युवा पक्राउ

[sharethis-inline-buttons]

काठमाडौं । जबरजस्ती करणी गरेको आरोपमा नुवाकोट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । विदुर नगरपालिका र तादी गाउँपालिकामा भएको बलात्कारको घटनामा दुई जना युवकलाई पक्राउ गरि कारवाही सुरु गरिएको प्रहरीले जनाएको छ ।

बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले विदुर नपा ११ गेर्खुका २२ वर्षका राजकुमार नेपालीलाई प्रहरीले गिरफ्तार गरेको हो ।काठमाडौं तारकेश्वर नपा ३ घर भएकी बालिका विदुर नपा ११ गेर्खुस्थित आफन्तको घरमा आएको बेला गत कात्तिक ३ गते बलात्कृत भएको दावीसहित जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षले उजुरी दिएपछि आरोपित नेपालीलाई गिरफ्तार गरिएको नुवाकोट प्रहरीले जनाएको छ ।

यस्तै पञ्चकन्या गाउँपालिका–४ का अञ्जन अधिकारीलाई पनि प्रहरीले पक्राउ गरेको छ । ट्रिपर चालक अधिकारीले गत असार २१ गते ट्रिपरभित्र बोलाई बलात्कार गरेको जनाउँदै पीडितले गत असोज १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । फरार रहेका आरोपित अधिकारीलाई प्रहरीले गत कार्तिक १४ गते घरगाउँमा लुकीछिपी बसेको अवस्थामा गिरफ्तार गरेपछि नुवाकोट जिल्ला अदालतबाट थुनामा राख्ने म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।


प्रकाशित : २०७८ मंसिर ४ शनिबार