मुसहर समुदायका नेता तथा दलित अधिकारकर्मी रामविलास सदाको नेतृत्वमा गोलबजार नगरपालिका परिसरमा दलित मुसहर समुदायले प्रदर्शन गरेका छन् । सदाको नेर्तत्वमा आएका सैकडौं महिला तथा पुरुषहरुले दलित मुसहर समुदायलाई अपमान , घृणा र द्वेष फैलाउने कार्यको विरोध गर्दै नारावाजी गरेका थिए ।
गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीको कार्यकक्ष घेराउ गरेका दलित मुसहर समुदायका महिलाहरुले आफ्नो समुदायको अपमान गरेकोमा क्षेभ व्यक्त गरेका थिए । उनीहरुले अपमान गर्ने श्रीधर केसीमाथि कानूनी कारवाहीको माग गरेका छन् ।
प्रकाशित : २०८१ बैशाख १७ सोमबार