ए डिभिजन लिगमा आजदेखि तेस्रो चरणका खेल हुँदै, आज दुई खेल हुने

[sharethis-inline-buttons]

सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा आजदेखि तेस्रो चरणका खेल हुँदैछन् । आज पहिलो खेलमा फ्रेन्ड्स क्लब र थ्री स्टारबीच प्रतिस्पर्धा हुनेछ । यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे सुरु हुनेछ ।

फ्रेन्ड्स २ खेलमा १ अङ्क जोडेर दसौं स्थानमा छ । २ खेलमा ३ अङ्क जोडेको थ्री स्टार भने सातौं स्थानमा छ । यस्तै आजै सातदोबाटो युथ क्लब र सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लबबीच दोस्रो खेल हुनेछ । यो खेल दिउँसो पौने ५ बजे सुरु हुनेछ । सातदोबाटो २ खेलमा ४ अङ्क जोडेर छैटौं स्थानमा छ । अघिल्ला दुई खेल हारेको एपीएफ भने अङ्क विहिन छ ।


प्रकाशित : २०७८ मंसिर १७ शुक्रबार