कोरोनाविरुद्धको खोप अभियानलाई तिव्रता दिइएको सरकारको दाबी

[sharethis-inline-buttons]

काठमाडौं । सरकारले गत माघ १४ मा सुरु गरेको कोरोनाविरुद्धको खोप अभियानले फेरी तिव्रता पाएको छ । चाडबाडका कारण असोज र कात्तिकमा सुस्ताएको खोप अभियानले मङ्सिर लागेसँगै तिव्रता पाएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १८ वर्षभन्दा माथिका सबै नागरिकलाई आफ्नो परिचय खुल्ने राष्ट्रिय परिचयपत्र लिएर खोप लगाउन आग्रह गरेको छ ।

जसका लागि देशका विभिन्न स्थानमा खोप केन्द्रहरू पनि थप गरिएको मन्त्रालयले जनाएको छ । कात्तिक महिनामा जम्मा ४ दिनमा १ लाखभन्दा बढीले खोप लगाएकोमा मङ्सिर लागेसँगै दैनिक झन्डै एक लाखका दरले कोरोनाविरुद्धको खोप लगाइरहेको मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले बताउनुभयो । हिजो मात्रै देशभर एक लाख ४७ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् ।


प्रकाशित : २०७८ मंसिर ९ बिहीबार