छोरालाई एसिड प्रहार गरेको आरोपमा सोलुखुम्बुबाट एक जना पक्राउ

[sharethis-inline-buttons]

सोलुखुम्बुमा आफ्नै छोरालाई एसिड प्रहार गरेको आरोपमा बाबु पक्राउ परेका छन् । सोलु दुधकुण्ड नगरपालिका–५ सल्लेरी बस्ने ५० वर्षीय मोहन बराईलीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । । २५ वर्षीय छोरासहित २ जनालाई एसिड प्रहार गरी घाइते बनाएको सूचनाको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरी मोहनले एसिड प्रहार गर्दा २ जना घाइते बनाएको खबर प्राप्त हुनासाथ प्रहरीले उनलाई पक्राउ गरेको थियो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : २०७८ मंसिर ७ मंगलवार