एनएमए निर्वाचन : दुई सदस्यबाहेक निमानुरु प्यानल अध्याधिक मतले विजयी

[sharethis-inline-buttons]

काठमाडाैं । नेपाल पर्वतारोहण संघको सम्पन्न निर्वाचनमा निमानुरु शेर्पा अध्यक्ष पदमा अत्यधिक मतले विजयी भएका छन् । शेर्पाले प्रत्यासी राजेन्द्र मान श्रेष्ठलाई ६१३ मतान्तरले पछि पार्दै विजयी भएका हुन् ।

अध्यक्ष शेर्पाले ७३५ मत र श्रेष्ठले १२२ मत ल्याएका थिए ।

त्यस्तै, गरी वरिष्ठ उपाध्यक्षमा ठाकुरराज पाण्डे, प्रथम उपाध्यक्षमा आङदावा शेर्पा, द्धितीय उपाध्यक्षमा दावा याङजुम शेर्पा, महासचिवमा मोहन लम्साल, सचिवमा धनबहादुर गुरुङ र कोषाध्यक्षमा मुक्ति पाण्डे निर्वाचत भएका छन् ।

त्यसैगरी, सदस्यहरुमा आङदावा शेर्पा, किसान गुरुङ, सिङगी लामा, पिताम्बर गुरुङ, राजेन्द्रबहादुर लामा, रामचन्द्र धमला, नाम्ग्यल जङबु शेर्पा, पासाङ दावा शेर्पा, दिनेस तामाङ, निमाडोमा शेर्पा र डोमा शेर्पा निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत गोकुलप्रसाद बुर्लाकोटीले जानकारी दिए ।

पर्वतारोहीहरु सहभागी रहेको नेपालकै ठूलो संस्थामध्ये यस सङ्घले हाल नेपालका २७ वटा साना हिमालहरुबाट राजस्व सङ्कलन गरी व्यवस्थापन गर्दै आएको छ ।

रेडबुकबाट चार जना छनौट हुने छ भने यसका लागि शनिबार (आज) निर्वाचन सुरु भएको छ ।


प्रकाशित : २०७९ जेष्ठ २९ आईतवार