सन्दर्भ चोहर्वाको बजार व्यवस्थापन समितिको चुनाव ः दुई युवा पत्रकार सतिसाल झैं लोकतान्त्रिक अभ्यासको पक्षमा उभिएका छन्

[sharethis-inline-buttons]

चुनाव हुनु नै लीलानाथ श्रेष्ठको कथित “ अलोकतान्त्रिक सहमतिको सत्ता ” को पराजय भइसकेको छ – पत्रकार सविन बाबु यादव

शक्तिलाई स्थायी सत्ता बनाएर अभिजात्य वर्गले जातीय वर्चस्व र सामाजिक रवाफ कायम राख्ने प्रवृति लोकतान्त्रिक अभ्यास होइन – पत्रकार सुरेश राय

गोलबजार नगरपालिका भित्र रहेको चोहर्वा वजारको व्यवस्थापन समितिको चुनाव हुँदैछ । उक्त चुनावका लागि मुख्यतः अध्यक्ष पदमा दुई प्रभावशाली उम्मेदवारहरु मैदानमा उत्रिएका छन् । एक जना छन् नागेन्द्र सिंह अर्को छन् सुनील कुमार सिंह । मतदान आगामी १ मंसिरमा हुँदैछ । प्रतिस्पर्धा कडा हुने अपेक्षा गरिएको छ । दुबै उम्मेदवार प्रचार प्रसारमा उत्रिएका छन् । यो चुनावलाई नजिकबाट नियाँली रहेका दुई जना स्थानीय पत्रकार सुरेश राय र सविन बाबु यादवसँग आज बिहान भएको कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत गरेका छौं ।

पत्रकार सविन बाबु भन्छन् , “लोकतन्त्रलाई सामाजिक जीवन पद्धति मान्ने र आफूलाई पनि लोकतान्त्रिक आचरणमा उतार्ने नेताले निर्वाचनलाई कहिल्यै निस्तेज पार्न खोज्दैन ” । एमाले नेता लीलानाथ श्रेष्ठको कलुषित विशेषता के हो भने उनले कथित सहमतिको नाममा चुनाव हुन दिदैनन् । उनको पार्टी भित्र होस् वा बाहिर । लोकतन्त्रमा यसलाई तानाशाही प्रवृति भनिन्छ । वास्तवमा कथित सहमतिको नाममा उनले चोहर्वा वजार व्यवस्थापन समितिको निर्वाचन रोक्न दुई महिनासम्म अथक प्रयास गरे । तर उनको हार भयो । उनी एक पटक हारीसके । किनकि नेतृत्व चयनको सर्वोत्तम लोकतान्त्रिक विधि र प्रकृया अनुसार निर्वाचन हुने नै भयो । यो स्थिति निम्त्याउन अथक प्रयत्न गर्ने उदीयमान पत्रकार भाइ सुरेश राय धन्यवादको पात्र छन् । लीलानाथ श्रेष्ठ जस्तो अजङ्गको राजनीतिक शक्ति केन्द्रको विरुद्ध उनी दृढतापूर्वक उभिएर कथित आम सहमति हुन दिएनन् । निर्वाचन प्रकृयामा जान बाध्य बनाए ।

पत्रकार सुरेश राय भन्छन् शक्ति हत्याएर त्यसलाई स्थायी सामाजिक सत्तामा बदल्ने र जहिले पनि राजनीतिक सत्तामा पुग्ने भ¥याङ्ग बनाउने यहाँका नेताहरुको बानी परेको छ । उनीहरु सम्झन्छन् हामी अभिजात्य वर्ग हौ र शासन गर्न जन्मिएका हौं । तर यो मान्यता र सोंच लोकतन्त्रको विरुद्ध छ । चुनाव जसले जितोस् हामीलाई सरोकार छैन । हाम्रो सरोकार के हो भने लोकतान्त्रिक विधि र प्रकृया जीवित रह्यो कि रहेन ? यहाँ जातीय वर्चस्व र खास वर्गको सामाजिक रवाफ कायम राख्न खोज्नु किमार्थ पनि लोकतान्त्रिक आचरण होइन । मनोनयन दर्ता गर्ने दिन नेताहरुले हदैसम्मको अलोकतान्त्रिक आचरण प्रस्तुत गरे ।

पत्रकार राय भन्छन् , सर्वप्रथमतः आम सहमतिको नाममा निर्वाचनमा जानै नदिने स्थानीय नेताहरुको प्रयास थियो । त्यसलाई तोडेर चुनावमार्फत नेतृत्व चयन हुने स्थितिसम्म पु¥याइयो । तर मनोनयन दर्ता गर्ने दिन मतदाता व्यापारीहरुलाई घर खाली गराइ दिने , मुद्दामा फसाई दिने , मनोनयन दर्ता गर्न आएका उम्मेदवारहरुलाई वालात उठाएर लैजाने र अनेक धाक धम्की दिने कार्य गरियो । वास्तवमा लोकतन्त्रमा त्यस्ता कार्यहरुलाई निकृष्ठ र निन्दायोग्य भन्नै पर्छ । यस्तो कार्यले नेताहरुको प्रतिष्ठा बढ्दैन अपितु उनीहरुको लोकतन्त्र प्रतिको निष्ठा तथा आचरण स्खलित भएको मान्नु पर्छ ।

पत्रकार राय भन्छन् काठमाडौं महानगरपालिकाको चुनावमा सेतोपाटी अनलाइन पत्रिकाले बालेनको जीत हुने पूर्व प्रक्षेपण गरिदिएको थियो । सुरुमा सेतोपाटीलाई नेताहरुले गिज्याए । उपहास गरे । तर अन्ततः वास्तवमै सेतोपाटीको पूर्वानुमान नै सत्य सावित भयो । अहिले चोहर्वा बजारमा दुई ठूला पार्टी , बहुमतमा रहेको खास जातीका अगुवा र धनाढ्यहरु कुर्कुच्चादेखिको बल लगाएर चुनाव जित्न खोज्दै छन् । तर परिणाम उल्टिन सक्ने प्रवल सम्भावना छ । भुसको आगो झैं व्यापारीहरुमा भित्रभित्रै असंतोष छ । अभिजात वर्गहरु प्रतिको यो वितृष्णा चैत महिनाको डढेलो झैं फैलिन्छ । अप्रत्याशित रुपमा चोहर्वा बजारमा बालेन जन्मिन्छ । यो चुनावको नतिजाले मिसन ०८४ मा नगरपालिकाको चुनावलाई पनि प्रभावित पार्छ । सेतोपाटी जस्तै मैले समाजको मनोभाव भित्रीरुपमा अध्ययन गरेको छु । यस पटक परिणाम लोकतन्त्रको रक्षार्थ उभिएका युवाको पक्षमा आउने छ ।

पत्रकार सविन भन्छन् , एउटा बजार व्यवस्थापन समितिका लागि व्यापारीहरुको चुनावमा यतिविघ्न साम, दाम, दण्ड, भेद प्रयोग गर्नु पर्ने आवश्यकता थिएन । तर उनीहरुलाई आफ्नो सामाजिक सत्ता र सामन्ती मालकियत जोगाउनु छ । उनीहरु लेकतन्त्रको घाँटी सेरेर पनि चुनाव जित्न चाहान्छन् । जुन कुरा सर्वसत्तावाद हो ।

पत्रकार राय भन्छन् , अब समय आयो । सामन्ती दरवारहरु परास्त हुनुपर्छ । एकल जातीय वर्चस्व हट्नु पर्छ । कसैको अहंकारी सर्वसत्तावाद हार्नैपर्छ । नयाँ भिजन भएका युवाहरु नेतृत्वमा आउनै पर्छ । नतावाद कृपावाद समाप्त हुनैपर्छ । लोकतन्त्रको स्वच्छ र मर्यादित अभ्यास हुनैपर्छ । समाजलाई निर्मलीकरण गर्नै पर्छ । नगरपालिकामा वेथिति छ भनेर सडकमा आन्दोलन गर्न उत्रिएको एउटा पार्टी माओवादी नगरपालिका चलाउने एमालेसँग चोहर्वा चुनावमा किन गठजोर गर्दैछ ? प्रश्न यहाँ छ ।

 


प्रकाशित : २०८१ कार्तिक २८ बुधबार