लैङ्गिक विभेद र बाल विवाह रोक्न किशोरी भेला

[sharethis-inline-buttons]

मुक्ति नेपाल र दलित विकास मञ्चको आयोजनामा दुई दिने किशोरी भेला कार्यक्रम सम्पन्न भएको छ । २०८० सालको अन्त्यतिर चैत २८ र २९ गते गोलबजारको अतिथि सदनमा आयोजित किशोरी भेला कार्यक्रम सिरहा जिल्ला स्तरीय रहेको आयोजक मुक्ति नेपालले जनाएको छ ।

समाजमा व्याप्त लिङ्गिय विभेद र खास गरी बाल विवाहलाई रोक्न चेतनाकरण तथा रणनीतिक कार्ययोजना निर्माणका लागि किशोरी भेला कार्यक्रम आयोजना गरिएको मुक्ति नेपालकी निर्देशक श्याम कुमारी साहले बताइन् । उनले भनिन् छोरी भएकै कारणले घर बाहिर निस्कन नसक्ने , स्वनिर्णय गर्न नसक्ने , कलिाले उमेरमा विवाह बन्धनमा बाँधिएर करिअर बनाउन नपाउने , स्वास्थ्य अधिकारबाट वञ्चित रहनु पर्ने लगायतका विभेदकारी नीति र सामाजिक संरचनालाई ध्वस्त बनाउनु छ । साहले जोड दिदै भनिन् , बाल विवाह रोक्न कठोर , सशक्त तथा प्रभावकारी अभियान सञ्चालन गर्नुछ । त्यसकारण किशोरी भेलाको आयोजना गरिएको हो ।

जिल्लास्तरीय किशोरी भेलामा लगभग सय जना किशोरीहरुको सहभागिता रहेको थियो । किशोरी भेलालाई मधेश प्रदेशका स्वास्थ्य राज्य मन्त्री चौधरी र प्रदेश सांसद जीवछी यादवले पनि संवोधन गरेका थिए । कार्यक्रममा गोलबजार , कल्याणपुर र धनगढीमाई नगरपालिकाका उपप्रमुखहरुको पनि उपस्थिति थियो । । कार्यक्रम मुक्ति नेपालकी अध्यक्ष देव कुमारी महराको अध्यक्षतामा सञ्चालन भएको थियो ।


प्रकाशित : २०८१ बैशाख १ शनिबार