अर्जुन थपलिया
गोलबजार नगरपालिका वडा नं. २ र ३ का १ सय २० जना दलित मुसहर समुदायका मजदुरहरुलाई भारतको श्रीनगरमा ८ महिना बन्धक बनाएर काम गराइयो तर ज्याला नदिई घर फर्काइएको छ ।
श्रनिगर पु¥याएर १ सय २० जना नेपाली मुसहर समुदायका मजदुरलाई बन्धक मात्र बनाइएन , उनीहरुलाई एक छाक मात्र खान दिएर कठोर परिश्रम गराइयो । मोवाइल खोसेर घर परिवारसँग सम्पर्कविहीन बनाइयो । खाना र ज्याला माग्दा कुटपिट र याताना दिइयो । ८ महिना पछि प्रति व्यक्ति २ हजार गाडी भाडा दिएर घर फर्काइयो ।
गत कार्तिक महिनामा घर आइपुगेका मुसहर मजदुरहरु हाड छाला मात्र लिएर खाली हात घर आइपुगे । घर फर्केका अधिकांश मजदुरहरु बिरामी परेर थला परेको अवस्थामा घर आइपुगेका थिए । दुई महिनाको उपचार र खानपिन पछि उनीहरु तग्रिंएका छन् । अहिले उनीहरुले न्याय माग्दै वडा कार्यालय , नगरपालिका र इलाका प्रहरी कार्यालय गोलबजारमा निवेदन दिएका छन् ।
मुसहर मजदुरहरुले गाउँमा फर्केर सामाजिकम छलफल राखेर हरिचन सदासँग ज्याला मागेका थिए । उनले १५ हजार महिनाका दरले ज्याला उपलब्ध गराउने समाजमा बचनवद्धता प्रकट गरे । तर तोकिएको भाकामा ज्याला नदिएपछि पीडित मजदुरहरुले ज्यालाको माग सहित मानव बेचविखनमा उजुरी दिए । अहिले हरिचन सदा र उनका सम्धी फरार भएका छन् ।
कुरो २०८० चैत महिनाको हो । गोलबजार नगरपालिका वडा नं. ३ कै हरिचन सदा र नातामा उनको सम्धी पर्ने अर्का एक जनाले अपरिचित थप दुईजना व्यक्तिहरु लिएर गाउँमा आए । उनीहरु थिए दिल्ली धमला र अर्का एक नाम नखुलेको भारतीय ठेकेदार । ४ जनाले वडा नं. ३ भाङ्गबारी र वडा नं. २ का नवटोली गाउँका मुसहर समुदायलाई जम्मा गरेर बैठक गरे । दैनिक ज्याला दैनिक ११ सय उपलब्ध गराउने लोभ देखाए । भवन निर्माण कार्यका लागि अकर्षक ज्याला दिने प्रस्ताव गरेपछि यी दुई गाउँका १ सय २० जना दलित मुसहर समुदायका मजदुरहरु भारतको श्रनिगर जान राजी भए ।
पीडित बिनोद कुमार सदा भन्छन् रक्सी र मासु पनि खुवाए । ४ हजार गरी जनही पेश्की पनि दिए । गाउँकै हरिचन सदा र उनका सम्धी ( नाम नखुलेको ) जमानी बसे । गाउँकै हरिचनले जनही मासिक ३३ हजार ज्याला महिना पुग्नासाथ दिने भनेर ग्यारेण्टी लिएपछि हामी श्रनिगर जान तयार भयौं । हामीलाई लौकहा नाकाबाट रेल चढाएर श्रीनगर पु¥याए ।
पीडित राजिन्द्र सदाको कुटपिटका कारण दुबै आँखामा चोट छ । उनले नेपाल फर्केर आँखा उपचार गरइरहेका छन् । उनी भन्छन् ठेकेदारले बस रिजर्भ गरेर ल्याए । चैत २०८० मा पहिलो लटमा ४० जना गयौं । दोश्रो पटक बैशाखमा फेरि ४० जना गयौं र जेठमा पनि ४० जना गयौं । तर हामीलाई जे सपना देखाएर लगिएको थियो त्यहाँ पुगे पछ ठीक उल्टो भयो । श्रनिगर साइटमा पुग्नासाथ पहिले हाम्रो मोवाइल फोन खोसियो । एउटा कम्पाउण्डमा बन्दी जस्तै बनाइयो । त्यहाँबाट बाहिर निस्कन दिइएन । भवन निर्माण कार्यमा दैनिक १२ देखि १४ घण्टासम्म भोकभोकै काम गराए ।
पीडित बीरेन्द्र सदा भन्छन् दिनभरी १२÷१३ घण्टासम्म काम लगाउँथे । विश्राम गर्न दिदैनथे । खान एक छाक मात्र दिन्थे । ८ महिनासम्म मठिो र अघाउजी कहिल्यै खान पाएनौं । खाना र ज्याला माग्नसाथ कुटपिट गर्थे । घरमा फोन गर्दा गार्ड अगाडि उभिएर सीमित शब्द बोल्न दिन्थे । हामीलाई राम्रो छ भनेर फोनमा बोल्न लगाउँथे । पिटाइको डरले जे जे भन भन्यो त्यही बोल्थ्यौं ।
पीडित मजदुर अनिरुद्ध सदा भन्छन् गत कार्तिक महिनामा म त्यहाँबाट भाग्न सफल भए । माग्दै खाँदै रेलमा बिना टिकट यात्रा गर्दै घर आइपुगें । गाउँमा आएर त्यहाँको पिटाई कुटाई र ज्याला नदिएको सुनाएपछि हरिचन सदालाई गाउँलेले ¥याख¥याख्ती बनाए । त्यसपछि हरिचनले फोन गरेर इण्डियन ठेकेदारलाई भनेपछि जनही २ हजार गाडी भाडा दिएर सबैलाई फर्काइयो । मंसिरको अन्त्यतिर सबैजना घर फर्किन पाए ।
हामीले सरदर ६ देखि ८ महिना नर्क भोगेर आयौं । खप्नुसम्म याताना खप्यौं । कुटपिटबाट कसैको औंला भाँच्चिएको छ । कसैको पिठ्युँभरी नीलडाम छ भन्दै भाँच्चिएका औंला देखाएर विवेक सादले तुरुक्क आँशु झारे । उनकी आमा जलास सदा भन्छिन् छोरा कमाउन गएको छ , पैसा लिएर आउँछ भन्ने आशा थियो । तर मेरो छोराको सास मात्र आइपुगेको थियो । मैले दुई महिना औषधी उपचार गराएँ । बल्ल हिडडुल गर्न सक्ने भएको छ । पीडित सुन्दर सदा भन्छन् मेरो पिठ्युभरी अझै नीलडाम छ । धेरै कुटाई खइयो ।
मुसहर समुदायका अगुवा व्यक्तित्व अयोधी सदा भन्छन् १ सय २० जनाको सरदर ७ महिनाको बोलकबोल अनुसार मासिक ३३ हजारका दरले पौने ३ करोड ज्यालाको रकम बेइमानी गरिएको छ । त्यसमाथि कुटपिट र यातना दिइएको छ । अन्यायको सीमा छैन । तर हामी गरिब दलित मुसहरको व्यथा कसले सुन्ने ? हरिचन सदा भागी भागी हिँडेका छन् । प्रहरीले वास्ता गरेको छैन । वडा कार्यालय र नगरपालिकाले पनि हामीलाई न्याय दिलाउन कुनै पहल गरिदिएको छैन ।
अर्का मुसहर अगुवा मनोज सदा भन्छन् एकाबिहानै हाम्रो गाउँमा सारा मुसहर समुदाय जम्मा हुन्छौं । कसरी नयाय पाउने भनेर चिन्ता गर्छौ । हरेक घरमा अनिकाल छ । ८ महिनको श्रम खेर गएको छ । भरे साँझ के खाने भन्ने चिन्ता छ । श्रीनगरबाट फर्किउकाहरु ऋझै काम गर्न सक्ने गरी तङ्ग्रिएका छैनन् । पुर्पुरोमा हात राखेर भाग्यलाई सराप्दै बस्दै गरेका छौं ।
वडा नं. ३ का वडाध्यक्ष धन प्रसाद लामा भन्छन् आजैमात्र मलाई सविस्तार घटना सुनाएका छन् । मैले रीतपूर्वक निवेदन दिन भनेको छु । निवेदन आउनासाथ पीडित मुसहर मजदुरलाई न्याय दिलाउन सक्दो सहयोग र प्रयास गरिने छ ।
इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक गोविन्द साहका अनुसार मजदुरहरुलाई श्रीनगर लैजाने मध्येका हरिचन सदा नै वर्दिवासका मान्छेले ठगी गरेर झुक्याएर मजदुर भारततर्फ लगेको भन्दै उजुरी दिन आएका थिए । हामीले घटनाबारे सूचना पाएका छौं तर रीतपूर्वक निवेदन आएको छैन । निवेदन आएपछि हामी कानूनी कारवाही थाल्छौं ।
राराताजब क्याम्पस गोलबजारका उप प्राध्यापक प्रदीप साह भन्छन् भारतीय ठेकेदारहरु नेपालमा आएर दलित गरिबलाई आकर्षक तलब दिने प्रलोभन दिएर दिल्ली , पञ्जाव , कस्मिर लगायत दक्षिण भारतमा काम गर्न लैजान्छन् तर फर्किने बेलामा ज्याला नदिई फिर्ता पठाउँछन् । यस्ता मानव बेचविखन र ठगीका घटना बाक्लै भइरहेको छ । यसतर्फ सरोकारवाला निकायको ध्यान जान जरुरी छ ।