पूर्व आइजीपी सर्बेन्द्र खनालले एकाबिहानै ‘एमाले’ छाडेको गरे घोषणा

[sharethis-inline-buttons]

पोखरा । नेपालप्रहरीकापूर्व प्रहरी महानिरिक्षक एवम् एमाले नेता सर्बेन्द्र खनालले आजएकाबिहानै आफु स्वतन्त्रभएको घोषणा गरेका छन् ।
सामाजिक संजाल फेसबुकमा एक स्टाटस राख्दै पूर्व आइजीपीखनालले आफु स्वतन्त्रभएको घोषणा गरेका हुन् ।
आफ्नाआफन्तएवम्शुभचिन्तकहरु आफ्नो राजनीतिकस्थितिबारे अन्योलमा परेको उल्लेख गर्दै एमाले नेता समेत रहेका खनालले आफ्नो स्टाटसमालेखेका छन्, “म यसै माध्यमबाटयसलाई स्पष्टपार्न चाहन्छु कि म अहिले कुनै पनि राजनैतिकपार्टीसँग आवद्ध छैन । म स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानकालागिकाम गरिरहेको छु ।”
खनालले आफू राष्ट्रघातीदोषीहरुलाई कानूनीकठघरामा पु¥याउन र राष्ट्रलाई महानबनाउनआफु र आफ्नो सम्पूर्ण प्रयास जारी रहने प्रतिबद्धताव्यक्तगर्दै खनालले भनेका छन्,“म देश र जनताको हितकालागि सधैं लडिरहनेछु ।”
पूर्व आइजीपीखनालएमालेमा प्रवेश गरेर तनहुँबाटप्रतिनिधि सभाचुनाबमाएमालेका उम्मेदवार बनी रास्ट्रिय स्वतन्त्रपार्टीका नेताडा. स्वर्णिम वाग्लेसँग पराजितभएकाथिए ।
उनको स्टाटस यस्तो छ, ‘हजुरहरु मेरो राजनीतिकस्थितिबारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाटयसलाई स्पष्टपार्न चाहन्छु कि म अहिले कुनै पनि राजनैतिकपार्टीसँग आवद्ध छैन। म स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानकालागिकाम गरिरहेको छु। राष्ट्रघातीदोषीहरुलाई कानूनीकठघरामा पु¥याउन र हाम्रो राष्ट्रलाई महानबनाउन मेरो सम्पूर्ण प्रयास जारी रहनेछ । म देश र जनताको हितकालागि सधैं लडिरहनेछुधन्यवाद ।’

 


प्रकाशित : २०८१ पुष २१ आईतवार