मेयर शिव शंकर महतो ज्यु , सन्की तानाशाहको सूचीमा नाम दर्ता गराउने रहर हो ?

[sharethis-inline-buttons]

अर्जुन थपलिया

महाभारतको युद्धमा दुई पक्षको सेना आमुने सामुने भइसकेपछि । पहिलो प्रहार सुरु हुनु अघि युधिष्ठिर रथबाट ओर्लेर पितामह भीष्म,गुरुहरु द्रोणाचार्य र कृपाचार्यसँग आर्शिवाद लिन जान्छन् । युधिष्ठिरले सविनय ढोगे पछि पितामह भीष्मले विजयी भवः भनेर आशिष दिन्छन् । त्यतिबेला दुर्योधनले आपत्ती जनाउँदै भन्छन् , पितामह हजुर मेरो प्रधान सेनापति हो , अनि विपक्षीलाई विजय श्रीको आशिर्वाद दिनुहुन्छ किन ? पितमह भीष्मले भने पुत्र दुर्योधन प्रणामको बदला त आर्शिवाद नै हुन्छ । तिमी पनि आफूभन्दा ठूलो युधिष्ठिरलाई ढोग , उसले पनि यो युद्धभूमिमा तिमीलाई आशिष नै दिनेछन् ।

मेयर साहव हाम्रा पुर्खाले यस्तोे मानव सभ्यता , साँस्कृतिक धारा र सामाजिक मूल्यको जग बसालेका छन् जहाँ नमस्कारको सट्टा नमस्कार फर्काइन्छ । चाहे त्यो युद्धभूमिमा आफूमाथि अस्त्र प्रहार गर्न तम्तयार शत्रु किन नहोस् ।

लोकतान्त्रिक राजनीतिमा अनुपम संस्कार र अभ्यासकै एउटा प्रसंग यहाँ उल्लेख गर्न चाहान्छु । एक पटक भारतमा जवाहरलाल नेहरु पदासीन प्रधानमन्त्री हुँदा उनको कट्टर आलोचक थिए अटल विहारी वाजपेयी । उनले सदनमा नेहरुको आलोचना गर्दा भनिदिए , “तपाईमा मुसोलिनी, हिटलर र स्टालिनको पनि समिश्रण देखिन्छ । ” एउटा लोकतान्त्रिक देशका प्रधानमन्त्रीलाई तीनजना तानाशाहहरुसँग तुलना गर्दा पक्कै पनि नेहरुको चित्त दुख्यो होला । तर उनले त्यसलाई सहज रुपमा पचाए र प्रतिउत्तरमा भने , “ म तपाईको सुझावलाई मनन गर्दै अझै लोकतान्त्रिक चरित्र देखाउने प्रयत्न गर्नेछु । ”

अटल जीले पछि भन्नुभएको छ , अन्य मान्छे भए मसँग जीवनभरी रिसाउने थिए होला तर नेहरुले रिस मान्नु भएन । त्यो घटनाबाट म उहाँको प्रशंसक भएँ ।

मेयर शिव शंकर महतो ज्यु , तपाईँले अनील सिंहसँग गर्नुभएको व्यवहार असभ्यताको पराकाष्ठा हो । न्युनतम मानव मर्यादाभन्दा तल्लो रेखामा उभिएर प्रदर्शन गरिएको तुच्छ चरित्र हो । हाम्रा पुर्खाले खडा गरेको सामाजिक साँस्कृतिक जीवन मूल्यको अपमान हो । आधुनिक सभ्य समाजले पचाउन नसक्ने अनैतिक व्यवहार हो । फोनमा तपाईँले बोल्नु भएका शब्द र शैलीले लोकतन्त्रको हुर्मत लिएको छ ।

तपाईले त लोकतान्त्रिक राजनीतिक चरित्रको कुरा त परै जाओस् न्युनतम मानव मर्यादा पनि बिर्सिनु भएछ । फोन गरेर “नमस्कार मेयर साहव” भनेर सम्बोधन गर्ने अनील सिंहलाई शिष्टाचारको सामान्य नियम अनुसार नमस्कार फर्काउनु कता हो कता – “तँ, साले , छाला फुटाउँछु ” जस्ता छुद्र वचन बोलेर जवाफ फर्काउनु भएछ ।

नवाजुद्दिन सिद्धिकीको एउटा हिन्दी सिनेमा छ सेक्रेड गेम्स । त्यो फिल्ममा उनी सुपारी लिएर मान्छे मार्ने “कन्ट्रयाक्ट किलर ” हुन्छन् । उनले चाहेकै बेलामा जोसुकैलाई सुट गरिदिन सक्छन् । कथामा कहिलेकाही उनलाई सुट गरेर मान्छे मार्न अल्छी लाग्छ । एक दुई दिन छोडिदिन्छन् । एक दिन ऐनामा आफूलाई हुर्दै उनी भन्छन् , घरी–घरी म त भगवान पो हुँ जस्तो लाग्छ । जति दिन छोडिदिन्छु मान्छे त्यति दिन बाँच्न सक्छ । चाहेको बेला मारिदिन सक्छु ।

मेयर साहव , मेयर भएपछि नवाजुद्दिनको सिनेमाको डायलग झैं तपाईलाई आफू भगवान भए जस्तो बोध भइरहेको छ कि कसो ? तपाईँ भित्रका उन्माद त थामिने छाँट देखिदैन । पत्रकार वा आफ्नो विरोध गर्नेलाई गाली गर्ने , धम्की दिने र छाडा बोल्ने त व्यसन नै भयो त तपाईँको ! दुई तीन महिना अघि मात्र पत्रकार मुकेश यादवलाई समाचार लेखेकै कारण तथानाम गाली गलौज गर्नुभएको थियो । पछि चौतर्फी आलोचना र गिल्ला भएपछि माफी पनि माग्नु भयो । त्यसपछि त तपाईँको आचरणमा सुधार आउला भन्ने हाम्रो अपेक्षा थियो । तर अनील सिंहसँग फेरि त्यस्तै व्यवहार दोहोरियो । के चन्दनको काठमा बेरिएर रहे पनि गोमन सर्पमा सुगन्ध नसरेर विष नै पलाए जस्तो तपाईको प्रकृति नै छुद्र हो त ?

पत्रकार वा सामाजिक अभियन्ता वा तपाईँका प्रतिपक्षीले मानौ कुनै निराधार समाचार नै सम्प्रेषण गरिदिएछन् ( यद्यपि अनील सिंह र मुकेश दुबै जनाले उठाएको सवाल निराधार छैन ) भने त्यसको पनि कानूनी उपचारको बाटो खुला छ । खण्डण गर्ने , उजुरी दिने र द्विपक्षीय वा बहुपक्षीय छलफल वहस गर्ने मार्ग खुला छ । हामी त कानूनी राज्य र शान्तिपूर्ण द्वन्द्व रुपान्तरणका हिमायति हौं । हिंसा, उन्माद, असभ्यताको प्रकटीकरण, गाली गलौज , अशिष्टता, अभद्रता र धम्की जस्ता कुरा लोकतन्त्रमा सुहाउँदैन ।

मेयर शिव शंकर महतो ज्यु , तपाईँले अनील सिंहसँग गर्नुभएको व्यवहार असभ्यताको पराकाष्ठा हो । न्युनतम मानव मर्यादाभन्दा तल्लो रेखामा उभिएर प्रदर्शन गरिएको तुच्छ चरित्र हो । हाम्रा पुर्खाले खडा गरेको सामाजिक साँस्कृतिक जीवन मूल्यको अपमान हो । आधुनिक सभ्य समाजले पचाउन नसक्ने अनैतिक व्यवहार हो । फोनमा तपाईँले बोल्नु भएका शब्द र शैलीले लोकतन्त्रको हुर्मत लिएको छ ।

मेयर साहव, किन तपाई सन्की तानाशाह मेयरको सूचीमा नाम लेखाउन उद्धत हुनुहुन्छ ? किन यो चरित्रदोषी हुने रहर पलाएको हो तपाई भित्र ? मनमौजी निजाम चलाउने अधिकार त मेयरलाई कानूनले कतै दिएको छैन । न त तपाईँसँग टाउको काटेर चाङ लगाउन सक्ने तैमुर जस्तो शक्ति छ ।

म सामाजिक अभियन्ता भाइ अनीललाई आग्रह गर्दछु कि त्यो फोन रेकर्डिङ्ग सामाजिक सञ्जालबाट हटाइ दिनुस् । किनकि त्यो रेकर्डिङ्ग बालबालिकाहरुले सुन्नु हुँदैन । एकदमै नराम्रो सन्देश जान्छ । बाल मनोविज्ञानमा मेयर जस्तो गरिमामय पदमा बसेका व्यक्तिले यस्तो अशिष्ट , अभद्र र छाडा दुर्वाच्य बोल्न हुने रहेछ भन्ने छाप पर्छ । समाजमा अनाचारले प्रधानता पाउँछ । अनील भाइ मेयर जस्तो पदीय दायित्व बोकेका व्यक्तित्वबाट समाजले सचरित्रताको अपेक्षा गरेको हुन्छ तर हाम्रो लोकतन्त्रको दुर्भाग्य हो कि हामीले यस्ता मेयर पाएछौं । राजनीति शास्त्रमा पढाई नै हुन्छ । लोकतन्त्रको एउटा दुर्गुण– खराब व्यक्तिहरु पनि चुनिन सक्छन् । यही सोचेर चित्त बुझाऔं ।

मेयर साहव, किन तपाई सन्की तानाशाह मेयरको सूचीमा नाम लेखाउन उद्धत हुनुहुन्छ ? किन यो चरित्रदोषी हुने रहर पलाएको हो तपाई भित्र ? मनमौजी निजाम चलाउने अधिकार त मेयरलाई कानूनले कतै दिएको छैन । न त तपाईँसँग टाउको काटेर चाङ लगाउन सक्ने तैमुर जस्तो शक्ति छ । भारतीय शायर राजेश रेड्डीले तत्कालीन अमेरीकी राष्ट्रपति जर्ज बुशलाई लक्षित गरेर लेखेका थिए “ न वसमे जिन्दगी इसके न कावु मौत पर इसका मगर इन्सान फिर भि कव खुदा होने से डरता है ” मेयर शिव शंकर ज्यु , जिन्दगी र मृत्यु तपाईँको वशमा छैन । किन आफूलाई “खुदा ” सावित गर्न खोज्नु हुन्छ । यो विभ्रमबाट मुक्त हुनुहोस् । झुटो अहंकार एक प्रकारको विषाद हो । यो तामसी प्रवृतिले दुनियाँलाई केही फरक पर्दैन । तपाईको स्वास्थ्य र सामाजिक प्रतिष्ठाको क्षयीकरण गराउँछ ।

अन्त्यमा कवि रोजश रेड्डीकै चार शब्द ः चलेगा चार दिन सिक्का तुम्हारा फिर उसके वाद क्या होगा तुम्हारा । जम्मा अढाई वर्ष बाँकी छ राजगद्दीमा बस्ने दिन । त्यसपछि त यही समाजमा मुख देखाउने होला नी ! कमसेकम सुकीर्ति फैलाउन नसके पनि अपयश त नफैलाउनुस् । समाजले पटक पटक धिक्कार छ भन्नु नपरोस् ।

 

 


प्रकाशित : २०८१ कार्तिक १९ सोमबार