‘दशैंअन्तर्राष्ट्रिय स्तरमा फैलिंदै गएको छ’

[sharethis-inline-buttons]

डा. गोविन्द टन्डन संस्कृतविदहुन् । पशुपतिक्षेत्रविकास कोषका सदस्य सचिवको जिम्मेवारी सम्हालिसकेका उनीशाकाहार प्रवद्र्धक पनिहुन । नेपालमामनाइने चाडपर्वबारे राम्रो जानकारी राख्नेउनीसँग नेपालन्यूज बैंकले दशैं विशेष कुराकानी गरेको छ ।
–बडादशैंको सामाजिक, सांस्कृतिक, पौराणिक महत्वभएकै कारणले मान्छेले यसलाई ग्रहण गरिरहेका छन् ।
–बलिशब्दको मात्रप्रयोगग¥यौं भने त्यहाँपशु आउदैँन् । बलिभनेको उपहार हो । भगवानलाई उपहार दिने कुरा हो । बलिभनेको बलिदानहो ।
डा.गोविन्द टन्डन
संस्कृतिविद्
काटमारका सम्बन्धमाहिन्दु र बौद्ध धर्मावलम्वीहरुमै अलमल छ
बलिदिने कुरामा राज्यले नै प्रोत्साहन गरिरहेको छ

दशैंको सांस्कृतिक र पौराणितक महत्व के छ ?यसलाई किनमहानवा बडा चाड भनिएको हो ?
असोजमामनाइने दशैंलाई हामी बडादशैं भन्छौं । विशेषगरी वर्षमा दुईवटा दशैं हुन्छन् । एउटा चैते दशैं, अर्को बडादशैं । असोजमामनाइने दशैं शरद ऋतुमा पर्ने भएकाले बडा दशैं भन्छौं । यसकाधार्मिक र सांस्कृतिक धेरै नै महत्वहरु छन् ।किनभने लामो समयदेखि चलेर आएको पर्व हो यो । पर्व भन्नासाथपारिवारिक मिलनका रुपमापनिबुझ्न सकिन्छ । समाज–समाज,व्यक्ति–व्यक्ति र परिवार–परिवारमा जोडिने भएकाले पनियसलाई बडादशैं भनिएको हो । सामाजिकीकरणकालागिपनियसको आफ्नै महत्व छ । धार्मिक र सांस्कृतिकमहत्व त हुने नै भयो सामाजिकमहत्वपनिअत्यन्त धेरै छ ।
नेपालको सन्दर्भमा धेरै चाडवाडहरुमध्ये बडादशैं, विजयादशमीअथवादशैंलाई अत्याधिकमहत्वको रुपमा नेपालीहरुले मनाउने गरेको पाइन्छ । यद्दपी,केहीसमूहले हिन्दुहरुको होइनभनेर दशैं नमनाएको पनिपाइन्छ । स्वाभाविकपनि लाग्छ यसले केहीहदसम्मदशैंको सन्दर्भमा रहेका कमीकमजोरीहरुलाई सुधार गर्न मद्दत गरेको पाइन्छ । तर, त्यस्तो समूह धेरै ठुलो चाँही छैन । समग्रमाभन्नुपर्दा विजयादशमी नेपालीहरुको एउटा महान चाडको रुपमालिनुपर्दछ । अहिले त नेपालीहरु विश्वकाविभिन्नकुनामा बसेका छन् । आजभन्दा १५–२० वर्षभन्दा अगाडियसको जति राष्ट्रिय महत्वथियो,अब अन्तर्राष्ट्रिय हुँदै गएको छ । नेपालको चाडपर्व हेर्ने पञ्चाङ्ग निर्णायकविकास समितिपनिअन्तर्राष्ट्रिय रुपमै साइतहरु सार्वजनिक गर्न थालिसकेको छ । अमेरिका, बेलायत, जापान र कोरियालगायतका देशहरमा कुनकुन बेला टिकाको साइत छ भनेर सार्वजनिक गर्नुपनि बडादशैंले आफ्नो महत्वविस्तार गर्दै लगेको अर्थको रुपमापनिबुझ्नुपर्दछ । बडादशैंको सामाजिक, सांस्कृतिक, पौराणिक महत्वभएकै कारणले मान्छेले यसलाई ग्रहण गरिरहेका छन् ।
विश्वकाविभिन्नदेशमामनाइने दशैंको तौरतरिका एकै किसिमको हुन्छ कि फरक फरक छ ?
विभिन्नदेशको भ्रमणका क्रममात्यहाँमनाइने दशैंलाई नजिकबाट हेर्ने मौका पाएको छु । त्यहाँअलगअलगदेशले त्यहाँको समय परिस्थिति र पर्यावरण अनुसार फरक फरक तरिकाले नै मनाएको देखिन्छ । तर, दशैंमा भएको अभिन्नअंगहरु एउटै संस्कृतिअनुसार मनाइन्छ । दशैंका एक दुईवटा अंगहरु भनेको दशैं एउटा चाड हो । यसमामनोरञ्जन छ, केहीधार्मिक, अध्यात्मिकतार केहीउपासनापक्षपनिछ । दशैंमा साधनाकापक्षहरु पनित्यत्तिकै छन् । त्यसलगत्तै विजयादशमीदेखि पुर्णिमासम्म टिकाटालोको समय छ । टिकाटालो र जमरा राख्ने क्रमलाई सबैतिर विधिजानेको छ भने आफैंले र जानेको छैन भने साथीभाइतर्फबाट जमरा ल्याएर टिकाटालो गर्ने चलन छ । तर, जसले विजयादशमीलाई अध्यात्मका रुपमाचिनियो रमहत्वका साथ हेर्दै आउनुभएको छ । दशैंका सुरुवाती नौ दिनमा मान्छेले आफ्नो जीवनलाई फेरि पुर्नताजकी गरेर नवीकरणीय गरेर उर्जा प्राप्त गर्ने पर्व पनिहो । बाह्य कुराहरु खाने, पिउने, रमाइलो गर्ने कुराहरु त सबैतिर उस्तैउस्तै जस्तो देखिन्छ । दशैंभित्रको साधनाको, ज्ञानको पक्षमाचाँहीकँही न कँहीचुकिरहेका छौं । यसो भनिरहँदा नेपालमाचाँहीदशैंमा साधनालाई महत्वदिइरहेका हुन्छन् कि भन्ने प्रश्नआउला, यसमापनिहामीचुकिरहेका छौं । सरकारले समेत दशैंलाई खाने पिउने र रमाउने तरिकालाई मात्रप्रोत्साहनगरिरहेको जस्तो देखिन्छ । तर दशैंअध्यात्म साधना र पारिवारिक मिलनको चाड भएकाले विश्वमै दुर्लभ मानिन्छ । यसमाजीवन्तताभरिएको छ, यसकारण पनि बडादशैं, ठुलो दशैं भनेर विश्वभर छरिएर रहेका नेपालीहरुले मनाउने गरेका हुन् ।
तपाईंले दशैंलाई अध्यात्मिक चाडका रुपमाव्याख्या गरिरहँदाविलासीकारुपमालिने हिन्दुहरु पनि धेरै छन् । ऋण लिएर नै भएपनिदशैंमनाउने प्रवृतिले अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ ?
समाजको बाहिरी रुपमा देखिने पक्षहो यो । दशैंमनाउनेहरु सबै हुनेखाने छन् भन्नमिल्दैन । त्यस्तो अवस्थामाकतिपय मान्छेले अर्काको देखासिखीमाअर्थात उसले यस्तो गर्यो मैंले किननगर्ने ?अरुले नयाँलुगाकिन्यो मंैले किननकिन्ने ?भनेर प्रतिस्पर्धागर्ने चलन छ । यस्तो प्रवृत्ति बढ्दै जाने हो भने अरुले घोडा चढ्यो भनेर आफू धुरीमाथि चढ्नजानुजस्तो हुन्छ । यसले निश्चय नै देशको अर्थतन्त्रमा असर पर्छ । त्यसैले कुनैपनि चाड मनाउँदाआफ्नो आर्थिक परिस्थिति हेरेर मनाउने हो । ऋण लिएर, ऋणमा डुबेर चाडपर्व मनाउनुपर्छ भन्नेमा म छैन । किनभने कसैले कसरीमनायो भन्दापनिआफूले राम्रो ढंगले चाडमनाउने हो । कसैले यो पटक तैंले किनकम गरिस् भनेर त भन्दैन नि । त्यसैले आफ्नो क्षमताले भ्याएसम्म ऋणमा नडुबिकन दशैं मनाउनुपर्छ ।
दशैंको साइत नेपाल र विश्वकाविभिन्न देशमाकिन फरक पर्न गएको हो ?
समयको फरक भएरै होला । अमेरिका र नेपालमामात्रै पनि १२, १३ घण्टाको फरक छ । अमेरिकाकाराज्यपिच्छे फरक छ ।जतिहामीपूर्वतिर गयौं, त्यति घण्टा फरक हुन्छ । यसमा त विश्वको समयलाई नै ध्यान दिनुपर्छ ।
दशैंमा केहीले सेतो टीका र जमरा पनिलगाउने गरेको पाइन्छ । खासगरीसेतो, रातो टीका र जमराको महत्व के हो ?
दशैँलाई नेपालीहरुको सबैभन्दाव्यापकपर्व भएको हुनाले यसलाई विभिन्नतरिकाले मनाइन्छ । पूर्वतिर राई, लिम्बुहरुले सेतो टीका जमरा लगाएको पाइन्छ । त्यसको अर्थ भनेको रातो टीकामा अलिकतिनकारात्मक संकेत छ । त्यसले कसैको काटमारको भावना देखाउने भएकाहुनाले रातोभन्दा सेतो नै लगाउने भनेर लगाउने गरेको पाइन्छ । टीका पनिनिधारमा लगाउने भन्दापनिनिधारभर लगाउने चलनछ ।
अर्कोतिर रातो टीकालाई शुभ, विरताको संकेत मानिन्छ । त्यसैगरीजमराको कुरामापनिशास्त्रमाके भनेको छ भने ‘अन्न नैब्रह्महो’ । त्यसैले अन्नमध्येको पनिसबैभन्दाप्रमुख जौं हो, हरेक पूजामाप्रयोग गरिन्छ । यति धेरै महत्वदिएको हुनाले जौंको प्रसाद ग्रहण गर्ने गरिन्छ । नौ दिनसम्म छोपेर जौं उमारिन्छ । त्यसलाई प्रसादको रुपमा ग्रहण गरिन्छ । यो प्राचिनर पवित्रअन्नमध्ये एउटा हो ।धेरै स्थानमा जौं सँगै अरु अन्नपनिराख्ने गरिन्छ ।
दशैँमाबलिदिने चलनपनि छ, यो शास्त्रमा नै लेखिएको छ कि चलिआएको चलनमात्रहो ?
बलिभन्ने शब्दको मात्रप्रयोग गर्यौ भने त्यहाँपशु आउदैँन् । बलिभनेको उपहार हो । भगवानलाई उपहार दिने कुरा हो । बलिभनेको बलिदानहो । शास्त्रको कुरा गर्दा कुनकुनलाई भन्ने अनगिन्तिकुराहरु छन् ।त्यसमा सात्विकविचार राख्नेहरुले त्यो शास्त्रहरुबाट राम्रो कुराहरुको संग्रह गरेर पशु बलिभनेको राम्रो होइनभन्ने अर्थ निकालिएको पाइन्छ । किनभने कसैलाई मार्नु धर्म हुदैँन्, यो धर्म हो भने पाप के हो त ?
समाजमायस्ता मानिस पनि हुन्छन् जसको सोच खाऊँ, पिउ मोज गरौं भन्ने हुन्छ । त्यस्तो मानिसको लागिपूजाकाक्रममापशु बलिका कुराहरु पनिआएका छन् । तर हामी२१ औंशताब्दीमा छौ, यहाँसम्मआइपुग्दा देवीदेउताको नाममाकाटमार गर्नुलाई त्यतिउपयुक्तमानिदैँन् । काटमार राम्रो होइन रहेछ भनेर धेरैले छाडेको पनि छन । वास्तवमाभगवानको वहानामामान्छेले आफंैले खानलाई गरेको एउटा तरिका मात्रहो ।
यस्तो कामधर्म विरोधीहो भनेर मानिसहरुले भनिरहेका हुन्छन्, तर आफैंले विरोधीकामपनि गरिरहेका छन् नि ।
यस्तो तरिका दुई चरित्रकोभयो,कुनैपनिहालतमा राम्रो भएन । जसले खादैँन्, उसले दिनु हुदैँन् । म माछा मासु खादिन् र म काटमारको पक्षमापनिछैन् । म जस्तै धेरै मानिस छन् ।अब एकथरी मान्छेहरु भने दुई चरित्र भएका हुन्छन् । म बलिदिन्न तर खानचाहीं खान्छु भन्ने खालका छन्, यो गर्नु हुदैँन् ।
जे कामगर्दा आफ्नो आत्माले शान्तिपाउदैँन्, त्यस्तो कामअरुलाई गर्नपर्छभनेर भन्नु भएननि । आफू खाने अनिगर्न चाहीहुदैँन् भन्नु पनि राम्रो भएन। यसले गर्दा सबैभन्दा ठूलो कुरा आफूले आफैलाई सोध्ने हो । यदि मेरो सन्तानलाई कसैले लगेर खान्छ भने म के भन्थे होला? त्यसैगरी अर्काको छोराछोरी हामीले खाइ रहेका छौं, यो ठिक हो कि होइनभनेर आफैलाई सोध्ने हो ।
शास्त्रले पनियसलाई बढाउने होइन, घटाउनेतिर लाग्नुपर्छ भनेर भनेको छ । अर्कालाई मार्नु, काट्नु, खानुकुनै पनिहालतमा राम्रो कामहोइन् ।
तपाईले बलिदिनु हुदैँन् भनेर लामो समयदेखि अभियानपनिचलाउनु भएको छ, केहीहदसम्मकमभएको जस्तो लाग्छ ?
केहीमात्रहोइन, धेरै नै कमभएको छ ।पहिलापहिलायो अभियान सुरु हुनुभन्दा अगाडि अष्टमी,नवमीमाकाठमाडौंका सडकमा निस्कन सकिँदैनथ्यो । गाउँघरमा पनित्यस्तै हुन्थ्यो । अबसडकमा त्यो अवस्था छैन् । नरीवल चढाउन थालेका छन् । भद्रकालीको मन्दिरदेखि लिएर गुहेश्वरी, दक्षिणकालीसम्म हेर्दा कुनैबेला नरीवलभनेको के हो भन्ने चलनथियो । तर अहिले सबैतिर नरीवल चढाउने चलनआयो ।
पूर्ण रुपमानिर्मूलपार्नको लागि कसरी सकिएला?
पूर्ण रुपमानिर्मुल पार्न एउटा चाँही सरकारी पक्षबाट पनिलाग्नुप¥यो । राज्य संयन्त्रले नेपालमा नेपालीहरुको लागि गर्नुपर्ने धेरै काम छ । सुशासनकालागि, सुुख दिनको लागि र समुुुन्नतिको लागिकामहरु गर्नुपर्नेछ । तर दशैंको बेला राज्यको संयन्त्रखाद्य संस्थानमा कताबाट भेडा र च्याङग्राल्याउने भन्ने सोचमै व्यस्त हुन्छ । त्यसैले पहिले त राज्यले पनिप्रोत्साहन गर्नुप¥यो । र जनताहरुले पनित्यहीअनुसारको विचार वाधारणा बनाउँदै जान्छन । राज्यले कसैले मासुको दोकानखोल्छु भन्यो भने पाँचलाख रुपैयाँ सजिलै पाउँछ । अर्कोले फलफूलवातरकारीको पसलराख्छु भन्यो भने त्यति कमाउनगार्हो पर्छ । त्यसैले पनियहाँ त राज्यले नै प्रोत्साहन गरिरहेको छ । किनदिएकोहोलाथाहाछैन् । देशमाजतिपनिमहामारीहरु छन् ति सबै माछा मासुकै कारणलेभइरहेको छ । संसारमा अहिले जतिपनि रोगहरुको कारण छन् सबै माछा मासुकै कारण वाखानपीनका कारणले भइरहेकोछ । यो सबैलाई थाहा छ । तर राज्यले नै प्रोत्साहन गरिरहेको देखिन्छ । यो कुनै पनिहालतमाउपयुक्तहोइन् । राज्यले सिंहदरबारभित्र काटमार गर्न भएन, राष्ट्रपति,प्रधानमन्त्रीको भवनभित्र काटमार गर्न भएन। कुनैपनि सरकारी काममा माछा मासुको भोजभत्तेरनगर्नुहोलाभन्न चाहन्छु । यस्तो गरियो भने शान्तिआउँदैन ।शान्तिको कुरा गर्दैमाछामासु र जाँडरक्सी सेवनगर्दाशान्तिआउँदैन् । त्यसैले यसलाई ख्याल राख्नुपर्छ ।
वौद्ध धर्मावलम्वीहरुपनिदशै मनाउँछन् । उहाँहरुले मनाउने दशैंके फरक हुन्छ ?
उहाँहरुको पनिदुईवटा चरित्र हुन्छ । बुद्धले परम्परादेखि चलिआएको धर्म, संस्कृतिमाबलिप्रधान देखेर नै ठिक भएनभनेर लाग्नुभयो । उहाँहरुको पञ्चशिल सिद्धान्त छ । एक नम्बरमा हिंसा गर्नुहुन्नभन्नुभएको छ । हिंसा गर्नुहुन्नभनेर उहाँले त्यस्तो राम्रो उपदेश दिनुभयो तर उहाँकाथोरै मात्रशिष्यहरु अहिंसा गर्ने छन् । हुँदाहुँदाबौद्ध धर्म अहिंसावादीबौद्ध समाजभनेर गठन गरेको देख्छु । आफूले काटमार नगरेपनिबजारबाटल्याएर खान हुन्छ भन्ने उहाँहरुको धारणा छ । उहाँहरुले नखाइदिने हो भने त्यो पसल नै खुल्दैनथ्यो । तर उहाँहरु भन्नुहुन्छ हामीले काट भनेको होइन राखेको रहेछ, तरकारी खाए जस्तो हो भन्नुहुन्छ । तर गौतम बुद्धले त्यस्तो भन्नुभएको छैन् । जसरी सनातनहिन्दु धर्मावलम्वीहरुमाअलमलछ त्यस्तै बौद्ध धर्ममा पनि छ । मात्रजैनहरुमा यस्तो अलमल देखिदैन । अहिले सनातनहिन्दु धर्मभित्रपनिविभिन्न सम्प्रदायहरु भित्रिएका छन् जसले काटमार भनेको गलतहो पनिभनेका छन् ।
हिन्दुहरु पनि धेरै समुदायले दशै मनाउँदैनन् । उदाहरणको लागिललितपुरको खोकनाबासीले अहिले पनिदशै मनाउँदैनन् । यसको कारण के होला?
कतिले फाप्दैनभन्ने चलन छ । कुनै दुर्घट्ना भयो भने हामीलाई फाप्दैन् भन्छन् । यसरी व्यक्ति नै पिच्छे फरक धारणा हुनसक्छ । तर समग्र भन्दाखेरी मनुष्यजीवनमा मेरो लागिमात्रहो कि राष्ट्रको लागि गर्ने भन्ने सोच्ने हो भने सामान्य काटमारलाई छाड्न सकिन्छ । यसमा युद्धको कुरा जोडिएको र विजयादशमीको चलनपनिपहिलेको जस्तो छैन् । समयअनुसार परिवर्तन हुँदै गइरहेको छ, जानुपनि पर्छ । त्यसैले चाडपर्वहरुलाई समयअनुसार मिलाएर लानुपर्छ अनि समाज, राष्ट्र र विश्वमात्यसका राम्रापक्षलाई लिएर गयो भने धर्म संस्कृतिजीवन्त रहन्छ ।
नेपालका चाडपर्वमा पछिल्लो समय पश्चिमासंस्कृतिभित्रिदै गयो भन्ने चिन्ता छ । दशैंलगायतका चाडपर्वहरुको पौराणिक सांस्कृतिकमहत्वको पुस्तान्तरण हुननसकेको हो कि ?
यसकालागिप्रयत्नपनि गरेनौं, राज्यले पनिप्रयत्न गरेन । यस्तो कुरा सिक्ने भनेकै आफ्नो घरबाट हो । तर उनीहरुलाई नै त्यसबारे थाहा छैन भने सिक्ने कुरा भएन । त्यसको लागिपाठ्यपुस्तकहरुमानैसंस्कृतिको बारेमा राख्ने गर्नुपर्छ ।जीवनसँग जोडिएका संस्कृतिकाविषयहरु पढ्न पाउने तालिम केन्द्रहरु हुनुपर्छ । जमरा कसरी उमारिन्छ भन्ने तालिमहोस । तर अहिलेको बच्चाहरुलाई जमरा कसरी उमारिन्छ भन्ने थाहा छैन् । अहिले मानिसहरुमाअलमलपनि छ, जतिबुझ्नुपर्ने नबुझेको अवस्था छ । देशको लागि राम्रो होइन । कुनै देशको धर्म, संस्कृति, इतिहास भूगोल मासिदै गयो भने देशको अस्तित्व जोगाउनसमस्या पर्छ । यि कुरालाई राज्यले देशको लागि नेतृत्व गर्छु भनेर हिड्नेहरुले बुझ्दिनुपर्छ । विकृतिको सुधार गर्न भन्दापनिआलोचनामात्र गरेर बस्ने काम राज्यको तर्फबाट भएको छ ।


प्रकाशित : २०८१ आश्विन १८ शुक्रबार