काठमाडौं ।नेकपाएमालेको केन्द्रीय समिति बैठक बिहान ११ बजेबाट सुरु हुँदैछ ।
बैठकमा पुस १८ गते बसेको सचिवालय बैठकले पारित गरेको पार्टी अध्यक्ष केपीशर्मा ओलीले पेस गर्ने राजनीतिकप्रतिवेदनमाथि छलफल हुनेछ ।
साथै, सरकार गठनपछि ६ महिनाको समीक्षाप्रतिवेदन, राष्ट्रिय तथाअन्तर्राष्ट्रिय परिस्थितिमा पार्टीलाई कसरी अघि बढाउने विषयमा केन्द्रीय सदस्यले आ–आफनो धारणा राख्नेछन् ।
बैठकको प्रारम्भमाअध्यक्षओलीले पछिल्लो राष्ट्रिय राजनीतिक परिस्थितिकाबारेमा मन्तव्यदिनेछन् । अध्यक्षओली नेतृत्वमा सरकार गठन भएपछि पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो ।
संसद्को हिउँदे अधिवेशनको पूर्व सन्ध्यामा बस्न लागेको बैठकले संविधान संशोधनलगायतका ‘एजेण्डा’मा ठोस धारणा तय गर्ने छ ।
एमाले केन्द्रीय समिति बैठक बिहान ११ बजे बस्दैँ
प्रकाशित : २०८१ पुष २१ आईतवार