कि भुक्तानी दिनुस् नत्र मलाई पासो लगाएर मार्नुस्

[sharethis-inline-buttons]

अर्जुन थपलिया
“म अब सहन सक्दिन । अति भयो । म कुचो, झाडु र लठ्ठीसहितको जुलुस लिएर आउँछु । अब वारपार हुन्छ । ” आक्रोसित शिला चौधरी ( जयसवाल ) ले ज्वराक्रान्त झैं बर्वराउँदै गहभरी आँशु बनाएर थपिन् , “हाकिम साहव कि भुक्तानी दिनुस् नत्र मलाई पासो लगाएर मार्नुस् । ”
लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयकान्त झाको कार्यकक्षमा शिला चौधरीले आक्रोस पोख्ने र करुणिक विलौना गर्ने गरिरहेकी थिइन् । अधिकृत झा आक्रोसित चौधरीलाई शान्त पार्ने प्रयास गरिरहेका थिए । त्यहीबेला हामी दुई जना पत्रकार उनको कक्षमा प्रवेश ग¥यौं । अधिकृत झालाई वित्यास परेजस्तै भयो । उनले हतार हतार भन्न थाले शिला जी अहिले घर जानुस् । भोलि १२ बजे आउनुस् । तपाईको पैसा भुक्तानी दिन्छौ । शिला भोलि आउने शर्तमा उठेर गइन् ।
कार्यकक्षबाट शिलाको वहिर्गमन पछि अधिकृत झाले अन्य दुई जना कर्मचारीसँग साउती मार्दै भने तत्काललाई २÷३ लाख दिएर चित्त बुझाई दिउ । त्यसपछि विकल्पहरु बारे सोचौंला ।


शिला र अधिकृत झा बीचको सम्वादले हामी दुई जना पत्रकारलाई जिज्ञासा बढायो । उद्देलित भएका हामी शिला चौधरीलाई पछ्याउँदै उनको पसलसम्म पुग्यौं । त्यहाँ उनले आफ्नो पीडाको पोको फुकाइन् । शिलाले भनिन् नगरको २४ वटै वडामा झलमल विजुली बाल्ने भनेर मेरो पसल चौधरी इलेक्ट्रोनिक्सबाट ४४ लाखको सामान नगरपालिकाले उधारोमा लग्यो । २४ महिनाभन्दा अधिक समय बित्यो तर अहिलेसम्म एक पैसा भुक्तानी दिएको छैन । नगरपालिका धाउदा धाउदा पाउ खिइयो । उता साहुले खपिनसक्नु ताकेता गरेका छन् । बैंकले व्याजको लागि उर्दी लगाइरहेको छ । बजारमा आर्थिक मन्दी छ । तर हामी आफ्नै सामान उधारो दिएर प्रताडित छौं । कसलाई सुनाउनु यो दुख ? मर्नु न बाँच्नुको अवस्थामा छौं ।
हामीले प्रमुख प्रशासकीय अधिकृत झासँग जिज्ञासा राख्यौं । बजेट थिएन भने किन उधारो सामान किनियो , बजेट थियो भने किन भुक्तानी दिइएन ? झाले जवाफमा भने –ए त्यो त्यसै भनेको हो । त्यो पागल आइमाईको कुरा सुन्नु भएको हो ? छैन छैन केही छैन बाँकी । सन्केको आइमाई हो । छैन त्यसको केही छैन ।


पैसा बक्यौता नभई एउटी महिलाले नगरपालिकामा गएर त्यसरी ताकेता गर्न सक्छिन् त हाकिम साहेव भनेर दोश्रो प्रश्न तेस्र्याएपछि झाले स्वीकारे पुरानो दुई तीन लाख रुपैयाँ बाँकी छ त्यसको । हामी तिर्दिन्छौं ।
कुरोको चुरो पत्ता लगाउन हामीले नगर प्रमुख महेश चौधरीलाई सोध्यौं । मेयर साहव शिला चौधरीको बक्यौता किन नतिर्नु भएको ? नगर प्रमुख चौधरीले पनि हाकिम कै शैलीमा भने हे त्यो बहुलाही आइमाई धेरै कराउँछ । धेरै बोल्छ । तर उने २२ लाख रकम बक्यौता रहेको भने स्वीकारेका छन् ।
मेयर चौधरीले भने म पनि नयाँ थिएँ । नियम कानून थाहा थिएन् । आर्डर गरेर उधारो सामान लगेर वडा वडामा झिलिमिली बनाइयो । तर खरिद ऐन र नीयम अनुसार भुक्तानीको प्रकृया मिलाउन सकिएन । १० लाखभन्दा थोरै भएको भए कोटेशन निकालेर भुक्तानी दिन मिल्थ्यो । बढी रकम छ । अब हामी प्रकृया मिलाएर भुक्तानी दिने बाटो मिलाउँदैछौं ।
हामीले नगरपालिकाका उप प्रमुख रामचलितर महतोलाई सोध्यौं , के नगरपालिकाले चौधरी इलेट्रोनिक्सको रकम उधारो तिर्नु छ ? उनले भने मलाई बोल्न बाध्य नपार्नुस् । म झुट बोल्न सक्दिन । सत्य नबताएर मौन रहनु झुट बोले सरह होइन र भने पछि उनले स्वीकार गरे धेरै ठूलो रकम तिर्नु छ । तर मेयर र हाकिम जानुन् ।


जनवरी १ दिउसो १२ बजे शिला फेरि अधिकृत झाको कार्यकक्षमा पुगिन् । उनलाई नगदै १ लाख ९० हजार रकम अधिकृत झाले उपलब्ध गराए । शिला भन्छिन् मलाई अनुरोध गरियो पत्रकारहरुलाई नभनिदिनु । हामी बिस्तारै रकम जुटाएर तिर्छौ । उनले भनिन् हामी त गलपासोमा फसेका छौं । मेयर चौधरी पहिल्यैदेखिका हाम्रो छिमेकी र हितैषी थिए । उनको भनाइमा ४४ लाखको सामान उधारो दिए । आज यो हविगत भयो ।
लहान नगरपालिकामा अहिले चौधरी इलेक्ट्रोनिक्सको बक्यौता रकम र नगरपालिकाको अर्घेल्याई चर्चाको विषय भएको छ । कानून मिचेर सामान उधारो खरिद गर्ने तर भुक्तानी माग्न जाँदा शिला चौधरीलाई उल्टो पागल र बहुलाही भन्ने मेयर चौधरी र अधिकृत झाको सर्वत्र आलोचना भइरहेको छ ।
नेपाली कांग्रेसका युवा नेता अजय चौधरी भन्छन् बजेट हुँदा पनि ४४ लाखको सामान खरिद गर्न ई बिडिङ्ग अनिवार्य गर्नुपथ्र्यो । मौखिक रुपमा त्यो पनि एउटै पसलबाट बिना प्रतिस्पर्धा उधारोमा सामान खरिद गर्नु भ्रष्टाचार हो । २४ महिनादेखि भुक्तानी रोक्नु आर्थिक अपराध हो । यसमा राष्ट्रिय सतर्कता केन्द्र र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्काल छानविन थाल्नु पर्छ । उनले भने लहान नगरपालिकामा कुशासन र भ्रष्टाचारले सीमा नाघेको छ । मिडियाका साथीहरुले बाहिर ल्याउन नसकेका मात्र हुन् ।


नेपाली कांग्रेसकै अर्का युवा नेता संतोष चौधरी भन्छन् यो त अचम्मै हो । कस्तो कच्चा काम । नेपाल सरकारको खरिद प्रणाली छ ऐन कानून छ । यसरी बिना प्रतिस्पर्धा सामान खरिद गर्नै मिल्दैन । २४ महिना अघि किनेको सामानको अहिले ईबिडिङ्ग गर्न मिल्दैन । जस्को सामान लिइएको छ उसले त भुक्तानी पाउनै पर्छ । अब मेयर जानुन् ।


प्रकाशित : २०८१ पुष १९ शुक्रबार