विद्यालय बन्दको कार्यक्रम छोडेर वार्तामा आउन शिक्षा मन्त्रालयको आग्रह

[sharethis-inline-buttons]

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय बन्दको कार्यक्रम स्थगित गरी वार्तामा आउन नेपाल विद्यालय कर्मचारी परिषदलाई आग्रह गरेको छ।

परिषद्ले विभिन्न माग राख्दै देशभरका सामुदायिक विद्यालयमा हिजाेदेखि बन्दको आव्हान गरेपछि मन्त्रालयले आइतबार यस्तो आग्रह गरेको हो।

मन्त्रालयले विद्यालय कर्मचारीहरुको सेवा सुविधालाई व्यवस्थित किसिमबाट सम्बोधन गर्न नेपाल शिक्षक महासंघबीच भएको सहमतिसँग सम्बन्धित कार्य सूचीमा समावेश गरिएको जनाएको छ।

आइतवारदेखि देशभरका सामुदायिक विद्यालयमा पठनपाठन ठप्प छ ।


प्रकाशित : २०७९ भाद्र १३ सोमबार