दिवंगत नेता गिरीकाे राजकीय सम्मानका साथ अन्त्येष्टि

[sharethis-inline-buttons]

काठमाडौं । नेपाली कांग्रेस दिवंगत नेता प्रदीप गिरीको अन्त्येष्टि गरिएको छ। गिरीको आइतबार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो।

पशुपति आर्यघाटमा गिरीलाई उहाँका छोरा सन्तोष गिरीले दागबत्ती दिएर अत्येष्टि गरिएकाे थियाे ।

अन्त्येष्टिअघि पशुपति आर्यघाटमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका उच्च पदस्थ व्यक्तिहरुले उहाँप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गर्नुभएकाे थियाे ।


प्रकाशित : २०७९ भाद्र ५ आईतवार