बुद्ध जयन्तीको अवसरमा स्वस्तिक पाठशालामा विभिन्न कार्यक्रम

[sharethis-inline-buttons]

२५६९ हौं बुद्ध जयन्तीका अवसरमा मिर्चैयास्थित स्वस्तिक पाठशालामा विभिन्न कार्यक्रमको आयोजना गरियो । स्वस्तिक जुनियर रेडक्रस सर्कलको तत्वावधानमा शान्तिको कामना गर्दै र्याली निकालियो । कक्षा ड,९ र १० का छात्रछात्राहरु सम्मिलित रयालीले मिचैया नगर परिक्रमा गरेको थियो । र्यालीमा शान्ति, अहिंसा र सामाजिक सद्भावका नाराहरु लगाइएको थियो ।
न्गर परिक्रमा पश्चात शिव हनुमान मन्दिरमा कोण सभा गर्दै बुद्धको करुणा, अहिंसा , सद्भाव र प्रेमबारेका शिक्षाप्रद उपदेशहरुमाथि वक्ताहरुले प्रकाश पारेका थिए । मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादवको प्रमुख आतिथ्यमा भएको सो कोण सभामा स्वस्तिक पाठशालाका प्रधानाध्यापक लक्ष्मण गिरि तथा शिक्षकहरुले गौतम बुद्धको शिक्षाबारे बोल्नुभएको थियो । सो अवसरमा शान्तिको मार्ग साझा मार्ग हो भन्दै विद्यार्थीहरुलाई बुद्धको शिक्षाबारे जिज्ञाशु हुनु पर्ने कुरामा जोड दिइयो ।


प्रकाशित : २०८२ बैशाख ३० मंगलवार