
नेपाली कांग्रेसका सह महामन्त्री महेन्द्र यादवका छोरा भाटभटेनीमा भएको लुटपाटमा संलग्न रहेको असत्य अभिव्यक्ति दिएको भन्दै तरुण दल सिरहाले गोलबजारमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनको पुतला सल्काएको छ । आज अपरान्ह गोलबजार चोकमा एकत्रित भएका तरुण दलका युवाहरुले सडकमा टायर बालेर विरोध प्रदर्शन गरेका थिए । उनीहरुले पूर्व पश्चिम राजमार्ग समेत केही बेरका लागि अवरुद्ध बनाएका थिए । लिङदेन विरुद्ध चर्का नारावाजी गर्दै तरुण दल समर्थित युवाहरुले संसद भवनमा झुटा वयान दिएर नेपाली काँग्रेसका एक प्रतिष्ठित नेताको मानमर्दन गरेकामे भन्दै आक्रोस पोखेका थिए । तरुण दलका युवाहरु लिङदेनको पुतला दहन गर्दै कोण सभा पनि गरेका थिए । तरुण दलका नेता अरविन्द मण्डलको नेतृत्वमा सो विरोध कार्यक्रम भएको थियो ।