आधारभूत पत्रकारिता तालिम सञ्चालन हुने सूचना

[sharethis-inline-buttons]

 

सूचना                                                                               सूचना                                                              सूचना

आवाजविहीनहरुको आवाज बनेर सकारात्मक सामाजिक रुपान्तरणका लागि कलम चलाउने नयाँ पुस्ताका स्वतन्त्र र निर्भीक पत्रकार तयार पार्न आधारभूत पत्रकारिता र जनवकालत तालिमको आयोजना हुँदैछ । निम्नानुसार परिधिभित्रका इच्छुक व्यक्तिले आवेदन गर्न आह्वान गरिन्छ ।

सिरहा जिल्लामा स्थायी बसोबास भएको ,एसइइ उत्तीर्ण भएको , १२ कक्षा उत्तीर्णलाई प्राथमिकता , १७ वर्ष पूरा गरी २५ वर्ष ननाघेको , तालिममा सहभागी हुनु पूर्व प्रवेश परीक्षा लिइने छ , सो परीक्षा उत्तीर्ण गर्नु पर्ने छ , छनोटको सर्वाधिकार आयोजकहरुमा निहित रहने छ र क्रमश थप तालिम दिएर व्यावसायिक पत्रकारिता गर्न अभिप्रेरित गरिने छ

तालिममा जम्मा २५ जनालाई सहभागी गराइने छ । जसमध्ये आधा संख्या ( आवेदन परेमा ) महिलालाई छनोट गरिने छ । २० प्रतिशत दलितबाट छनोट गरिने छ । डोम जाति र मुस्लिम महिलाबाट कोही इच्छुक भए उनीहरुलाई विशेष प्राथमिकता दिइने छ । तालिम पूर्णतया निशुल्क हुने छ । पत्रकारितातर्फ ५ दिन र जनवकालततर्फ २ दिन गरी जम्मा ७ दिन तालिम सञ्चालन गरिने छ । तालिममा खाजा र चिया र स्टेशनरी प्रदान गरिने छ । भत्ता दिइने छैन । यातायात खर्च आफै बेहोर्नु पर्ने छ । तालिम बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन गरिने छ ।

पुराना पुस्ताले अविच्छिन्नताका लागि उत्तराधिकारवाला नयाँ पुस्तालाई तयार पार्नु पर्छ भन्ने सामाजिक दायित्व पूरा गर्न हामी यो तालिम सञ्चालन गर्दैछौं ।

प्रशिक्षकहरु ः

डा. विजय मिश्र
अर्जुन थपलिया
विनय आजाद
सन्तोष यादव

तालिम हुने मिति २०८२ जेठ १७ गते देखि २३ गतेसम्म । स्थान एएफसी होटल गोलबजार । आवेदन दिन चाहनेहरुले २०८२ बैशाख ३० गतेसम्म दिइसक्नु पर्ने छ । आवेदन गर्दा तस्बिरसहितको व्यक्तिगत विवरण [email protected] मा पठाउनु होला ।

आयोजक ः
अनुकल्प मिडिया प्रा.लि गोलबजार
टुडे खोज मिडिया प्रा. लि. औरही

 


प्रकाशित : २०८२ बैशाख ११ बिहीबार