
नेपाली काँग्रेस पार्टीको भगिनी संस्था तरुण दलको पाँचौ सिरहा जिल्ला अधिवेशनको तयारी तीव्र गतिमा हुन थालेको छ । जिल्ला अधिवेशन तयारी समितिको बैठक बसेर जिल्ला भरमा पूर्णकालीन सदस्यता वितरण गर्ने अभियान नै चलाइएको छ । १७ वटा पालिकाहरुमा १७ जना संयोजक तोकेर सदस्यता वितरणको जिम्मेवारी दिइएको छ । पाँचौ जिल्ला अधिवेशन तयारी समितिका संयोजक शुभाष कुमार यादवद्वारा हस्ताक्षरित विज्ञप्तीमा सबै पालिकामा संयोजकहरुसँग भेटेर समयसीमा भित्र सदस्यता नवीकरण तथा नयाँ सदस्यता ग्रहण गर्न आग्रह गरिएको छ ।
प्रकाशित : २०८२ बैशाख १० बुधबार