पूर्ण स्वयत्तताका लागि अब एउटा लडाईँ अझै लड्नु छ – उपेन्द्र यादव

[sharethis-inline-buttons]

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशीले पूर्ण स्वायत्तता प्राप्त गर्न एउटा लडाईँ अझै लड्नु पर्ने बताएका छन् । गोलबजारमा पार्टीको प्रथम सिरहा जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै यादवले उपर्युक्त कुरा बताएका हुन् । यादवले भने , “ भूमि हाम्रो, जनता हाम्रो तर शासन उनीहरुको । यो परिस्थिति अब चल्दैन । ” मधेशमा मधेशीले नै सम्पूर्ण रुपमा शासन गर्ने , प्रशासन मधेशीको हुने र नीति पनि मधेशीले बनाउने अवस्था हुनुपर्छ । केन्द्रमा जनसंख्याको अनुपातमा साझेदारी गर्ने संघीयता चाहिन्छ । अहिले भएको संघीयता सीमित हो । पूर्ण स्वयत्तताका लागि अब एउटा लडाईँ अझै लड्नु छ– यादवको कथन थियो ।
संबोधनको क्रममा यादवले भने , “२०७८ को जनगणना अनुसार मधेशमा ५४ प्रतिशत मधेशीको जनसंख्या छ । मधेश भनेको मेचीदेखि महाकालीसम्म हो । ५४ प्रतिशत जनसंख्यालाई १२ प्रतिशत बजेट दिइन्छ । जवकी ७५ प्रतिशत राजश्व मधेशबाट संकलन हुन्छ । ” यसरी त दशकौंमा पनि मधेशको विकास हुँदैन । राज्य मधेश र मधेशीलाई पछाडि पारिरहन चाहान्छ ।

संविधान संशोधन गर्छौ , सुशासन कायम गर्छौ , आर्थिक विकास गर्छौ र संघीयता कार्यन्वयन गर्छौ भनेर कबुल गरेको कारण आफूहरुले बाहिरबाट सरकारलाई समर्थन दिएको भन्दै यादवले तर अहिलेको सरकारले बचन पालना नगरेको गुनासो गरे । उनले भने –“यो संविधान मधेशीको संविधान होइन ” । यादवले केही सकारात्मक कुरा बाहेक संविधानमा संशोधन गर्नु पर्ने धेरै कुराहरु छन् भन्दै संविधान संशोधन गर्ने कुरा गरेर बनेको सरकारले २०८७ मा संशोधन गर्ने भन्न थालेको छ । जवकी यो गठबन्धन सरकारको आयु पूरा समय टिक्यो भने २०८४ सम्म मात्र छ । संशोधनको त कुरा छोडौं भएको संविधान कार्यान्वयन पनि गरिएन । प्रदेश प्रहरी ऐन जारी हुन दिएनन् । नागरिकता कानून रोक्न अनेक जालझेल गरेको पनि उनले आरोप लगाए ।

इादवले एक प्रसङ्ग उल्लेख गर्दै भने – २०१७ सालदेखि राजा महेन्द्रले नियोजित रुपमा मधेशको ५ लाख हेक्टर जंगल फडानी गराएर गैर मधेशीलाई बसाएको र मधेशीलाई अल्पमतमा पार्न खोजेका हुन् । यो प्रकृया २०५० सालसम्मै चल्यो । अहिले केपी ओली सरकारले आध्यादेश ल्याएर पुन मधेशको जग्गा भूमाफिया र गैर मधेशीलाई बाँड्ने योजना बनाएको थियो । जसपाको कडा प्रतिरोधले रोकिएको छ । एमाले , काँग्रेस र माओवादीमा भएका मधेशी नेताहरुले भूमि आध्यादेशको विरोध गर्न सकेनन् । आध्यादेश रोकिए पछि उनीहरुले मलाई भेटेर भने , “ तपाईँहरुले जोगाउनु भयो नत्र मधेश लुटिन्थ्यो । ” मधेशी नेताहरु एमाले , काँग्रेस र माओवादीमा दास सरह बसेका छन् । उनीहरुले कहिल्यै टाउको उठाउन पाएका छैनन् ।

द्येशको अवस्था प्रष्टाउँदै यादवले भने, “ देशको शिक्षा र स्वास्थ्य सेवा क्षेत्र अस्तव्यस्त छ , उद्योगधन्दा रुग्न हुँदै गएको छ । ” व्यापार चौपट भएको र कृषि क्षेत्र पनि बर्बाद भएको सुनाउँदै यादवले भने अब कर्मचारीहरुले पनि तलब खान नपाउने दिन धेरै टाढा छैन । ३५ वर्षसम्म लगातार शासन गरेर तीन पार्टीका तीन मुखियाहरुले देशलाई रसातलमा पु¥याएको उनको कथन थियो । १ घण्टा संबोधन गरेका यादवले अन्त्यमा देश विशेष संकटाभिमुख अवस्थामा रहेको बताए ।

जिल्ला अधिवेशनले सक्षम , सकृय र राजनीतिक सुझबुझ भएको नेर्तत्व चयन गरोस् भन्दै सफलताको शुभकामना पनि दिए ।

जिल्ला अधिवेशनमा पार्टीका सहअध्यक्ष रकम चेमजोङ्ग , उपाध्यक्ष राजकिशोर यादव, उप महासचिव प्रकाश अधिकारी लगायतका केन्द्रीय नेताहरुले संबोधन गरेका थिए । अधिवेशनको उद्घाटन सत्रको अध्यक्षता सिरहा जिल्ला अध्यक्ष अशोक यादवले गरेका थिए । अधिवेशन ३ दिनसम्म चल्ने छ ।


प्रकाशित : २०८२ बैशाख ९ मंगलवार