अक्षम प्रजिअ बासुदेव दाहाल गृह मन्त्रालय तानिए

[sharethis-inline-buttons]

सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दहाललाई असक्षम भन्दै गृह मन्त्रालयमा फिर्ता बोलाइएको छ । उनको कार्यकालमा प्रशासन फितलो भएको , नागरिकताको तस्करी भएको , एसइइ परीक्षा मर्यादित र व्यवस्थित गर्न नसकेको तथा दलितहरुमाथि अत्याचार हुँदा पनि मुकदर्शक भएर बसेको मूल्याङ्कन गरिएको गृह श्रोतले जनाएको छ ।

सिरहाको औरही ५ मा दलित दीपक मरिक डोमको घर भत्काएर यज्ञ लगाउने सवालमा प्रजिअ बासुदेव दहालले उत्पीडकहरुलाई बचाउने भूमिका खेलेको आरोप लागेपछि गृहले उनलाई फिर्ता बोलाउने निर्णय गरेको हो । सिरहामा उनले प्रशासन व्यवस्थापन गर्न नसकेको असक्षमताको आरोप लागेको छ ।

प्रजिअ दहालको कार्यकालमा सिरहामा ग्राभेल तस्करी, भन्सार तस्करी, गाँजा तस्करी , नागरिकता बिक्री जस्ता गैरकानूनी कार्य संस्थागत भएको समाचार सञ्चार माध्यमहरुमा बाराम्वार प्रकाशित भएको थियो । खास गरी दलित कमजोर वर्गहरु प्रति उनको प्रशासनीक शैली उपेक्षापूर्ण रहेको दलित अगुवाहरुले आरोप लगाएका छन् ।

प्रजिअ दहालको ठाउँ लिन कपिलवस्तु जिल्लामा प्रजिअ रहेका विश्व प्रकाश अर्याललाई सिरहा पठाउने निर्णय भएको छ ।


प्रकाशित : २०८१ चैत्र ८ शुक्रबार