एनजिओको विजोग ः झाडी भित्र इन्द्रेनी सेवा समाज

[sharethis-inline-buttons]

गोलबजार नगरपालिका वडा नं. ३ मुसहर्नियातिर जानुभयो भने वीर बहादुर स्याङदनको घरदेखि उत्तर सडकको पश्चिमपट्टी अन्कन्टार जंगल र झाडीले छोपिएको एउटा बाउण्ड्री वाल ( पर्खाल ) देखिन्छ । त्यो भित्र एउटा पक्की भवन छ तर जंगल र झाडीले छोपेर भवन देखिदैन । निकै नियाँलेर हेर्नुपर्छ । घरको गेट पनि वनमाराले ढाकेको छ । यो घर हो कुनै बेला सिरहा जिल्लामा चर्चित र विख्यात गैर सरकारी संस्था इन्द्रेनी सेवा समाजको ।
झण्डै १० वर्ष भयो यो घरको गेट बन्द भएको । त्यसपछि आजसम्म यो घरभित्र मानिस पसेका छैनन् । सन् २०१५ सम्म सिरहा जिल्लामा जल्दोबल्दो र सामाजिक विकासका लागि अग्रणी कहलिएको गोलबजार नगरपालिका वडा नं. ३ स्थित इन्द्रेनी सेवा समाज गैर सरकारी संस्था अहिले अलप भएको छ । अन्तर्राष्ट्रिय दातृ निकाय सेभ द चिल्ड्र«ेनको अनुदान र साझेदारीमा सन् २००० देखि १०१५ सम्म (डेढ दशक ) यो संस्थाले सिरहामा सामाजिक विकासको क्षेत्रमा उधुम मचाएको थियो । शिक्षा, स्वास्थ्य , खानेपानीको भौतिक संरचना र लैङ्गिक समताका लागि चेतनामूलक कार्यक्रम सञ्चालन गरेर इन्द्रेनी संस्थाले समाजलाई अग्रगमनतर्फ डो¥याएको थियो ।


संस्थाले २० वर्ष अगाडि ( २०६० सालतिर ) लगभग ९ लाखको लागतमा आफ्नै कार्यालय भवन पनि निर्माण गरेको थियो । तर अहिले सो संस्थाले आफ्नै अस्तित्व पनि गुमाएको छ । कार्यालय भवन भुत वंगलामा परिणत भएको छ । कुनै भुत प्रेतको कथा समेटिएको चलचित्र छयाङ्कन गर्ने स्थान जस्तै बनेको छ ।
सन् २०१५ अघि इन्द्रेनी सेवा समाजले वार्षिक ३ करोडसम्म बजेट खर्च गर्दथ्यो । लगभग ५० जना कर्मचारीहरु यस संस्थामा कार्यरत थिए । नेपाल सरकारका विभिन्न लाइन एजेन्सीहरु मिलेर स्वास्थ्य र शिक्षाको सेवा तथा गुणस्तर अभिवृद्धि गर्न काम गथ्र्यो । इन्द्रेनी सेवा समाजका तत्कालीन अध्यक्ष तथा निर्देशक नवराज लामा भन्छन् सन् २०१५ मा दातृ निकाय सेभ दचिल्ड्रेनले फेज आउट ग¥यो । हाम्रो आयश्रोत नै सुक्यो । त्यसपछि हामीले दुई तीन वर्ष विभिन्न दातृ निकायहरुको ढोका चाहा¥यौं । प्रोपोजल पेस ग¥यौं । तर कतैबाट अनुदान प्राप्त भएन । बाध्य भएर हामीले संस्थालाई सेलाइ दियौं । लामा भन्छन् स्थानीय तहहरु र प्रदेश र संघीय सरकारसँग मिलेर काम गर्ने जमर्को पनि ग¥यौं तर ५० प्रतिशत प्रिपेड कमिशन बुझाउनु पर्ने भएपछि हामीले त्यस्तो बजेट लिन उचित ठानेनौं ।
अहिले इन्द्रेण्नी सेवा समाजको कानूनी अस्तित्व पनि समाप्त भएको छ । सन् २०१५ देखि हालसम्म न त लेखापरीक्षण गरिएको छ न अधिवेशन गरेर संस्थाको नवीकरण गरिएको छ । फर्निचर लगायत संस्थाको सम्पत्ति सबै त्यही खण्डहर बन्दै गएको कार्यालय भवन भित्र खिया लागेर धमिराले खाएर काम नलाग्ने भएको छ ।
कुनैबेला इन्द्रेनीमा कार्यक्रम निर्देशक रहेका तेजीलाल लामा भन्छन् इन्द्रेनी सेवा समाज मुसहर्नियाको अस्तित्व र गरिमासँग जोडिएको थियो । यसलाई जीवित राख्नु पथ्र्यो । कमसेकम कार्यालय भवन थियो । त्यहाँ १० भाइ दिदी बहिनी जम्मा भएर बैठक गर्न सकिन्थ्यो । संस्था नवीकरण गराइ राखे एक दिन समय र परिस्थिति बदलिंदा फेरि काम गर्न सकिन्थ्यो । हदैसम्मको गैर जिम्मेवारी देखाइयो । दही खाएर डब्बा रछानमा फाले जस्तै गरियो । तेजीलाल भन्छन् कुनैबेला यो संस्थाले मुसहर्नियाका युवाहरुलाई रोजगारी र प्रतिष्ठा दुबै प्रदान गरेको थियो ।
सन् १०९० को भूइँचालो पछि सेभद चिल्ड्रेन अन्तर्राष्ट्रिय गैर सरकारी संस्था सिरहामा काम गर्न आएको थियो । २०५६ साल तिर माओवादी जनयुद्धको बेला आक्रमणमा परेपछि सेभ द चिल्ड्रेनले स्थानीय गैर सरकारी संस्थाहरुसँग साझेदारीमा काम सुरु गरेको थियो । त्यसबेला इन्द्रेनी सेवा समाज, सृजना सामुदायिक विकास केन्द्र र भवानी सामुदायिक विकास केन्द्रलाई बजेट र परियोजना हस्तान्तरण गरेको थियो । १५ वर्षसम्म सेभ द चिल्ड्रेनको अनुदान सहयोगमा चलेको इन्द्रेनी सन् २०१५ पछि बिलाएको छ । तर अर्को दुई वटा संस्था सृजना सामुदायिक विकास केन्द्र र भवानी सामुदायिक विकास केन्द्र अझै अस्तित्वमा छ र सानोतिनो भए पनि काम गर्दैछ ।


प्रकाशित : २०८१ पुष २९ सोमबार