हेटौँडा उपमहानगरपालिमा बाघको बढ्दो आतंक

[sharethis-inline-buttons]

हेटौँडा ।दुईवटा राष्ट्रिय निकुञ्जसँग जोडिएको हेटौँडा उपमहानगरपालिका वडा नंबर १२ र १३ को सिमाना क्षेत्रमा बाघ देखा परेको छ ।
शनिबार राति स्थानीयहरुले गाउँ वरपरको क्षेत्रमा बाघ देखा परेको बताएका छन् ।
नेपालीकांग्रेसका नेता समेत रहेका हेटौँडा १२ का स्थानीयकुमार पोखरेलले हेटौंडा १२ र १३को सिमाना बिचरोडमा बाघ देखिएको र सो बाघ १२ नम्बरको रमनटारमा पनि देखिएको सामजिक संजालमार्फत जानकारी दिएका छन् ।
पछिल्लो एक हप्तादेखि दक्षिण–पश्चिममकवानपुरका मानिसहरु बाघको आतंकबाट त्रसितभएका छन् । स्थानीयहरुले बाघ देखिएको खबर गरेपछि बाघ नियन्त्रणको लागिनिकुञ्जसंग समन्वय गरेको जिल्लाप्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


प्रकाशित : २०८१ पुष २१ आईतवार