कमी कमजोरी तथा अनियमितता सुधार नगरे मंसिर ५ गतेबाट धनगढीमाई नगरपालिकामा तालाबन्दी गरिने

[sharethis-inline-buttons]

धनगढीमाई नगरपालिकाका उप प्रमुख, वडाध्यक्ष र कार्यपालिका सदस्यहरु सहित १९ जना पदाधिकारीहरुले आज एक प्रेस विज्ञप्ती जारी गर्दै आवश्यक सुधार नगरे नगरपालिकामा तालाबन्दी गर्ने चेतावनी दिएका छन् ।

नगर प्रमुख शिव शंकर महतो र प्रमुख प्रशासकीय अधिकृत माधवेन्द्र चौधरीले कानून मिचेर मनोमानी ढंगले अनियमित कार्य गरेकोले सुशासनमा प्रतिकुल प्रभाव परेको प्रेस विज्ञप्तीमा भनिएको छ ।

प्रेस विज्ञप्तीमा नगरसभाबाट पारित योजना तथा बजेटमा हेरफेर गरी सुत्रमा प्रविष्ट गराएको , रातो किताव प्रकाशित नगरी नियम विपरीत प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षरबाट प्रकाशित गरेको गम्भीर आरोप लगाइएको छ । नगरसभाबाट पारित भएअनुसार हुबहु योजना तथा बजेट प्रकाशित गर्न माग पनि गरिएको छ ।

नियमित रुपमा महिनैपिच्छे हुनुपर्ने कार्यपालिका बैठक नगरी नगरलाई अनिर्णयको अवस्थामा पु¥याएको र जनताले समयमा पाउने सुेवा ठप्प बनाएको आरोप लगाउँदै विज्ञप्तीमा भनिएको छ –सेवाग्राहीहरुलाई प्रकृयामा झन्झटिलो बनाइएको छ ।

राजस्व छली हुने गरी ग्राभेल उत्खनन कानून विपरीत गराइएको भन्दै कार्तिक ८ गतेबाट गैर कानूनी रुपमा बाह्य भ्रमणमा गएको भन्दै प्रमुख प्रशाकीय अधिकृत कार्यालयमा उपस्थित नभएको र कार्यालयको गाडी दुरुपयोग गरिरहेको तथा डेराबाटै कार्यालय सञ्चालन गरेको आरोप लगाइएको छ ।

शिक्षकहरुको तलव निकासा नदिएको , छात्रछात्राहरुको दिवा खाजा तथा सेनिटोरी प्याड खरिद योजना कार्यान्वयन नभएको , , योग एण्ड नेचुरोप्याथी विद्यालयमा शिक्षकहरुको म्याद नथपेको , नगरबाट प्रवाहित हुने स्वास्थ्य सेवा लगायत अन्य सेवा प्रभावित भएको , आफ्नो स्वार्थ अनुसार नचल्ने कर्मचारीहरुलाई मानसिक तनाव दिने गरेको जस्ता आरोप लगाउँदै प्रेश विज्ञप्तीमा कडा विरोध जनाइएको छ ।


कृषि मिटरको बील भुक्तानी नगरेको र वडा कार्यालयहरुबाट असुली हने मालपोत नगरबाट असुली गर्ने व्यवस्था गरेर किसानहरुलाई दुख दिएको आरोप लगाइएको छ ।

उपरोक्त कमी कमजोरी तथा अनियमितताहरु सच्याएर सुशासनको प्रत्याभूति नगरे आगामी मंसिर ५ गतेबाट नगरपालिकामा तालाबन्दी गर्ने लगायतका कडा आन्दोलन सञ्चालन गर्ने जनाइएको छ ।

 


प्रकाशित : २०८१ मंसिर २ आईतवार