विश्वमा एउटै संवत् छ, त्यो नेपाल संवत् हो । नेपाल संवत् र म्हपूजाको सन्दर्भलाई गहनअध्ययनगर्नु जरुरी छ । शंखधरले नेपाल संवत् कहिलेबाट सुरु गरे भनेर अध्ययनगर्दा म्हपूजाको दिनबाट प्रचलनमाल्याएको तथ्यहरु भेटाइछ ।
डा.राजेन्द्रमानबज्राचार्य
सस्कृतिविद् एवमअध्येता
नेपाल संवद् र म्हपूजाबिचको अन्तर सम्बन्ध गहन छ
‘शंखधर शाख्वानेवा समूदायकै थिएनभन्ने प्रमाणहरु छन्’
राष्ट्रिय संवतको रुपमामान्यतापाएको नेपाल संवतको ऐतिहासिक र मौलिकमहत्व छ । आफ्नै अस्तित्व र पहिचानबोकेको नेपाल संवत् विदेशीतिथिमितिका कारण ओझेलमापरेको भनिएपनि पछिल्ला दिनहरुमायसको महत्वथप बढ्दै गएको छ । नेपालसंवद् कार्तिकमा सुरु हुने होइन् । चाहे हिन्दु धर्मको होस्चाहे बौद्ध धर्मको होस् सबै धर्म संस्कृतिहरु एक दुईवटा बाहेक सबै धर्म संस्कृतिकाप्रचलनहरु चन्द्रकला,चन्द्रमास अनुसार अगाडि बढ्ने हो । जसमा १२ महिना हुन्छ, त्यसमापनि हरेक महिनाशुक्लपक्ष र कृष्ण पक्षभन्ने हुन्छ । शुक्लपक्षभनेको चन्द्र उद्य भएर वृत्तमाचन्द्र उद्य हुने समय हो भने कृष्ण पक्षभनेको घट्दै घट्दै गएर औंशीहुने हो ।
नेपालको धर्म र संस्कृतीमाकहिलेकाहीविवाद आउँछ । त्यसोहुनुको कारण पहिलेपहिलेचन्द्र शम्शेरको पालाभन्दा अगाडि कृष्णपक्षलाई अगाडि राखेर पंचाङ्गबनाइदैन थियो । शुक्लपक्षलाई अगाडि राखेर बनाउथ्यो तर चन्द्र शम्शेरको पालामा १३ महिनाको तलबदिनुपर्ने भो भनेर उहाँले नेपाल संवत्लाई सरकारी प्रयोगबाट हटाएर विक्रम संवदलाई लागू गर्नुभयो । त्यसपछि कृष्णपक्षबाट पन्चांगनिर्माण गर्न थालियो । अहिले हामी१६ गतेसम्म ‘कौलागा’भनेर कृष्णपक्षको रुपमा लिन्छौं । तर कार्तिक १६ गतेसम्म चाडपर्वको हिसाबले चाहीं आश्विनकै रुपमालिने गर्छौ ।
कुनै ब्राम्हण पण्डितले पनिअध्यवाक्यभनेर पूजा सुरु गर्नु अगाडि बाचनगर्छन । त्यो वाचनगर्ने बेलापनि पण्डितले आश्विन कृष्ण ‘कौलागा’भनेर भन्छन् । तर पात्रोहेर्ने हो भने कार्तिक कृष्णपक्ष भनेर लेखिएको हुन्छ । त्यसले पनिअलिकतिभ्रमितपारेको छ । दिपावली, दिवाली, तिहार, त्रिहार र स्वन्तिनखः यि चारपाँचप्रकारका चाडहरु कहिले मनाइन्छ भन्दा‘कौलागा’त्रियोदशीकादिनदेखि चौथीसम्म । कौलागाभनेपछि चन्द्रमासकोअन्तिममहिनाको कृष्ण पक्षभयो । यसको निरन्तरताकहिलेसम्म हुन्छ भन्दा(कच्ला ठो)चौथीसम्म हुन्छ । त्यसकारण कात्तिकमाहोइनकौलागाचन्द्रमास अनुसार अन्तिममहिना र नयाँवर्षको प्रारम्भमाहुने चाड नै स्वन्ति, दिपावली, दिवाली, तिहार, त्रिहार हो । दिपावली र दिवालीमाभारतमाविशेषगरीदिवालीभन्ने चलन छ ।
नेपाल संवत्को अहिलेको हिसाबमा अब आउने प्रतिपदाबाट नेपाल संवत् ११४५ प्रारम्भ हुन्छ । यो ११४५ वर्ष अगाडि सुरु भएको देखियो । तत्कालीन समयमापनि नेपाल संवत् प्रचलनमाथिए ।यसलाई देश संवत्, देश भाषाको संवत् भन्ने प्रचलन छ । यसलाई व्यवहारिक प्रयोगको आधारमा नामाकरण गरिने एकातिर छ तर यो प्रारम्भमालागू हुँदा नै शंखधर शाख्वाले नेपाल संवत् भनेर नै लागू गरेका हुन् । अरु संवत्को रुपमाप्रचलनमाथिएन । तर राज्यले प्रयोग गरेपछि राज्यभाषाभने जस्तै देश संवत् पनिभनेको पाइन्छ ।
शंखधर शाख्वाले प्रचलनमाल्याएको नेपाल संवत् बीचमा ८० वर्ष रोकिएर फेरि प्रचलनमाआएको हो । उहाँको प्रतिमा पाटनको विभिन्न ठाउँमा रहेका छन् । पाटनका तन्डुकारहरुले हाम्रो पूर्खा भनेर भनेको अवस्थापनि छ । यदीशंखरधर शाख्वा तन्डुकार समुदायको नै हो भने उनीचामलको व्यापारी थिए । तर उहाँ एक प्रतिष्ठित व्यापारी पक्कैथिए ।एकदिन रातिउहाँव्यापार गर्नेशिलशिलामाजाँदाकसैले बालुवाबोकेर आइरहेको देखे । भक्तपुरको राजाले लिन पठाएको त्यो बालुवालाई काष्टमण्डपको दक्षिणतर्फबाट रामघाट जाने बाटोमा एउटा फल्चा छ त्यहीं खन्याउनलगाएर बालुवाबोक्नेहरुलाई पैसा दिएर अर्को बालुवा लैजाउभनेको ऐतिहासिककथ्य सुन्न पाइन्छ । भोलिपल्ट राजाकोमा लगिएकोबालुवा सुन भएको थियो रे । शंखरधर शाख्वाले त्यो सुनलाई बेच्नपनिसक्थे होला तर उनले त्यसलाई कुटनीतिक तरिकाले राज्यमा सबै जनताको लागि सदुपयोग गर्छु भनेर लागेको पाइन्छ । त्यही सुनमार्फत देशभर रहेका सम्पूर्णको ऋण तिरेर सबैलाई ऋणमुक्त गरेको इतिहास छ ।
तण्डुकारहरुले आफ्नो पूर्खा भनेर कुल देवताको रुपमाउहाँलाई मानिरहेका छन् । तर अनुसन्धानले अरुपनिदेखाउलातर शंखधर शाख्वानेवानै हो भनेर भन्न सकिन्छ । नेवार व्यापारीहरुमा एउटा अर्को पनिप्रचलन छ । आफू अलिकतिधन कमाएपछि सम्पन्न भएपछि पाटी, पौवा, पोखरी, इनार, धारा बनाउने प्रचलन छ । त्यो जनहितको लागिहो ।जनहितको लागिहुने हुुँदाशंखधर शाख्वाले नेपाल संवत् भनेर प्रचलनमाल्याएको हुनुपर्छ ।
विश्वमा एउटै संवत् छ, नेपाल संवत् हो । नेपाल संवत् र म्ह पूजाको सन्दर्भमा शंखधरले नेपाल संवत् कहिलेबाट सुरु गरे भनेर अध्ययनगर्दा म्ह पूजाको दिनबाट प्रचलनमाल्याएको तथ्यहरु भेटाइछ । नेपाल संवत्त थियो तर महिना र गते थिएन। जुनबेलाशंखधरले प्रचलनमाल्याएकाथिए ।त्यसपछि प्रचलनमाआउँदाआउँदै म्ह पूजाको दिनबाटै नयाँबर्ष प्रारम्भ भएको मानियो ।
चन्द्रमासकोतिथिअनुसारनयाँवर्ष सुरु भएको मानिन्छ । चन्द्रमासमातिथिभनेपछि गते जस्तै भयो त्यसपछि सजिलै स्वरुपमा नेपाल संवत्भित्रचन्द्रमासको कौलासम्मको १२ महिनालाई भित्र्याइयो । तीथिलाई गतेको स्वरुपमाप्रचलनमाल्याइयो । म्हपूजाभनेको प्राचिन समयमा नै जान सकिन्छ । म्हपूजाकै दिनमानेपाल संवत्लाई प्रचलनमाल्याइएको हो । म्हपूजाको दिनभनेको नेवार समुदायले चथाभनेर मनाउँछन् । म्हपूजाको दिनआफ्नो शरीरको पूजा गरेर मन र बोलीलाई शुद्घ गर्ने दिनहो । त्यस कारण पनित्यहीदिनलाई रोजेर नेपाल संवतको प्रारम्भ भएको हुनुपर्छ ।
म्हपूजाको तथानेपाल संवतप्रारम्भ भएको दिनमा बेलुकाको म्हपूजाको साइतमाहनुमान ढोकाको ठूलो घण्टी ३६५ पटक बजाउनुपर्ने प्रचलन छ । हरेकदिनबिहान ९ बजे घन्टी १०८ पटक बज्छ । यो शुभदिनलाई नेपाल संवतलागु गरेको हो । महपूजाभनेको प्राचिनप्रचलनहो ।
गुरुमण्डलाचार्यअनुसार अरु पूजा गर्ने बेलामाखाली पेटमा गर्ने गरिन्छ । म्हपूजाको दिनमाविहानशुद्धिकरण गरेर आफ्नो दैनिकखानाखाइसकेपछि बेलुकाम्हमहगरिन्छ । म्ह पूजागर्नेभनेको शरीरको पूजा गर्ने हो । पूजागर्नेभनेको हिन्दु र बौद्ध धर्मको पूजाआकाशजमिन फरक छ । पूजागर्नेतरिका त्यहीहो चढाउने बस्तु त्यहीहो तर अर्थ फरक हुन्छ । म्ह पूजाभनेको आफ्नो शरिर शुद्धिकरण गरेर मन शुद्ध भएको बोली शुद्ध भएको परिचयको रुपमापूजा गर्ने हो । मंगलमा चढाइने बस्तु पूजागर्दा चढाइने २१ स्थानमाफूल चढाउनुपर्छ । त्यो भनेको शरीरको अभिन्नअंग सँधै स्वस्थ राख्नुपर्ने २१ वटा अंगलाई हामीले चिन्ने हो ।
म्हपूजाको साइतनिकाल्ने भनेकै चन्द्रमासको आधारमा हो । तर हामीले दिपावली नारायण विष्णुको अर्धाङ्गीनिपनिभनिएको छ । कहींबहिनीपनिभनिएको छ ।हामीले लक्ष्मीभनेको बसुन्धाराको अर्को स्वरुपभन्ने बुझेका छौं । बसुन्धाराको तीन वटा स्वरुप हुन्छ । एउटा महालक्ष्मी,बसुन्धाराको र अर्को कुमारीको हो । बसुन्धाराकोस्वरुपलाई हामीले महालक्ष्मीको पूजा गर्ने हो । उताभारत वर्षमा दिपावलीहोइन् दिवालीभनेर मनाउनेहरुले कौलागाको औंशीको दिनलाई लक्ष्मीपूजाको स्वरुपमा मनाउँछन । र त्यो दिनभनेको आर्थिक वर्षको अन्त्यहुने र त्यही बेलालक्ष्मीपूजा गर्छन । त्यो पूजागर्नेठाउँमा हर हिसाब गरेर त्यहाँखातापाता दुरुस्त राखेपछि त्यहाँपूजा गर्ने हो । र भोलि पल्टदेखि नयाँवर्ष लाग्छ । म्हपूजाभनेको सालको प्रारम्भ हो । लक्ष्मीको पूजागर्दा प्रायनेवार समुदायको यो प्रचलन छ ।
लक्ष्मीपूजा गरेपछि लक्ष्मीको प्रसाद ग्रहण नगरी आफ्नो ढुकुटीमा राखेको पैसा निकाल्नु हुँदैन् । जसरी राज्यले बजेट पेस गर्छ । बजेट पास नभई त्यो बजेट खर्च हुँदैन्, गर्न मिल्दैन् । त्यसै गरेर यो लक्ष्मीपूजागर्ने बेलामाहामी नेवार समुदायले ढुकुटीमा पूजा गर्छौं । पूजा गर्नु अगाडि हप्ता १० दिनको लागिजति पैसा आवश्यक हुन्छ त्यो पैसा कोषबाट ढुुकुटीबाट निकालेर अर्को ठाउँमा राख्छौं । त्योअलगै राखेको खर्च गछौं । र भाइटीकाको भोलिपल्ट हामीलक्ष्मीको फूल प्रसाद लिने भनेर फेरी पूजा गरेर फूल प्रसाद लिने गछौं । यस दिनबाट फेरी नयाँ बजेटको प्रारम्भ हुन्छ ।नेवार समुदायले लक्ष्मीभनेर आफ्नो चेलीबेटीलाई मान्छन् । विबाहभएर गइसकेको चेलीबेटीलाई लक्ष्मीको पूजा प्रसाद लिने चलन छ ।(नेपालन्यूज बैंकसँगको कुराकानीमा आधारित)