
काठमाडौं । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले वडा दसैं २०८१ को अवसरमा सकलदर्जाका प्रहरी कर्मचारीहरूलाई टीका लगाइदिएकाछन् ।
आइतबार नेपाल प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको निवासमा उपस्थित महानुभावहरूलाई प्रहरी महानिरीक्षक कुँवरले टीका तथा जमरा लगाईदिनुका साथै सुख,समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना समेत गरे । उक्त अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मीकुँवरले टीका ग्रहणकालागि उपस्थित महानुभावहरूलाई जमरा र प्रसाद प्रदान गरेकी थिइन् ।
ईच्छुक प्रहरी कर्मचारीहरूलाई टीका लगाउनको लागि दिउँसो १ बजेदेखि ३ बजेसम्मको समय तोकिएको थियो ।
टीका तथा प्रसाद ग्रहणकालागि प्रहरी अतिरीक्त महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरीअधिकृतहरू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, पूर्व प्रहरी कर्मचारीहरू, प्रहरीअधिकृत तथा जवानहरू एवम् प्रहरीका परिवारहरू समेतको उपस्थिति रहेको थियो ।
टीका ग्रहण कार्यक्रममा विजयादशमीको शुभकामना समेत आदान प्रदान गरिएको थियो ।