मालपोत लगायत कर वृद्धिको विरुद्ध कालोपट्टी बाँधेर गोलबजार नगरपालिकामा धर्ना दिइने

[sharethis-inline-buttons]

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गोलबजार नगर कमिटी अन्तर्गतको संघर्ष समितिले आज एक प्रेस विज्ञप्ती प्रकाशित गरी गोलबजार नगरपालिकाद्वारा वृद्धि गरिएको कर फिर्ता लिन माग गर्दै आन्दोलनको घोषणा गरेको छ ।

संघर्ष समितिका संयोजक जीवन कुमार यादवद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ , आर्थिक वर्ष २०८१÷०८२ मा नगरसभाले पारित गरी जग्गामा लाग्ने मालपोत ( कर ) र भूमि वर्गीकरण प्रति सो पार्टीको गम्भीर ध्यान आकर्षण भएको जनाइएको छ । प्रेस विज्ञप्तीमा भनिएको छ , कृषक र कृषि क्षेत्रलाई आधुनिकीकरण अनुदान दिएर टेवा पु¥याएर आत्मनिर्भर बनाउनुको सट्टा किसानको ढाड सेक्ने गरी र कृषि व्यवसयलाई धराशायी बनाउने नगरपालिकाको नीति र कार्यक्रम प्रति खेद प्रकट गर्दछौं ।

“गोलबजार नगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ का लागि वृद्धि गरेको मालपोत कर लगायत अन्य कर वृद्धि प्रति सो पार्टीको गम्भीर ध्यान आकर्षण भएको भन्दै विगतमा प्रेस विज्ञप्ती र ज्ञापन पत्र मार्फत गोलबजार नगरपालिकालाई माग सहित सचेत गराएकोमा त्यसको सुनुवाई नगरी , त्यस मागहरु प्रति नगरपालिकाले गम्भीरता नदेखाएकोले चरणवद्ध रुपमा आन्दोलन गर्ने निश्चयमा पुगेको र दोश्रो चरणको आन्दोलनको घोषणा गरिएको जनाएको छ । पत्रकार सम्मेलनमा सर्वदलीय सहमतिको आधारमा कर निर्धारण गर्नु पर्ने ठाउँमा एक पक्षीय रुपमा संशोधन गरेर कर घटाइएको प्रेस विज्ञप्ती जारी गरेर जनता झुक्याउने खेल गरेको बताइएको छ । नगरपालिकाले प्रवक्तामार्फत जारी गरेको संशोधित करको दररेट पनि मान्य नभएको सो पार्टीले जनाएको छ ।

प्रेस विज्ञप्तीमा जनताको आधारभूत मौलिक हक अन्तर्गतका शिक्षा , स्वास्थ्य जस्ता अति संवेदाशिल विषयमा गोलबजार नगरपालिकाले उदासिनता देखाएको आरोप लगाइउको छ । नगरपालिकाले पूर्वाधार विकासका कामहरुमा अनुत्पादक , र अपारदर्शीताको मानक स्थापना गरेको दावी गरिएको छ । नगरले लगाउने ठेक्का , टेण्डर , हाट बजार ठेक्का असुली सेटिङ्गर रङ्गदारी शैलीमा लाग्ने ÷उठाउने गरेको आरोप पनि प्रेस विज्ञप्तीमा लगाइएको छ । जसको कारण स्थानीय किसान मजदुर र गरीबहरु म्र्कामा परेको भनिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गोलबजारको संघर्ष समितिले आधा दर्जन लिखित माग प्रस्तुत गर्दै संघर्षको कार्यक्रम पनि घोषणा गरेको छ । घोषित कार्यक्रम अनुसार भदौ २८ गते अद्योगी तथा व्यापारीहरुसँग छलफल गर्ने , भदौ २७ र २९ गते १३ वटै वडामा कर वृद्धिको विषयमा वडा स्तरीय छलफल गर्ने र ३० गते नगरपालिका अगाडि कालोपट्टी बाँधेर धर्ना दिने संघर्षका कार्यक्रमहरु सार्वजनिक गरिएको छ । त्यति गर्दा पनि माग पूरा नगरिए भदौ ३० गते धर्नास्थलबाटै पत्रकार सम्मेलन गरी तेश्रो चरणको कडा आन्दोलन घोषणा गर्ने बताइएको छ ।


प्रकाशित : २०८१ भाद्र २६ बुधबार