सिरहाको गोलबजारमा “माउण्ट एभरेष्ट इन्टरनेशनल कलेज ” को स्थापना र विधिवत सञ्चालन भएको छ । कलेजले आगामी कार्तिकदेखि कक्षा सञ्चालन गर्ने गरी विद्यार्थी भर्ना पनि आरम्भ गरेको छ । हिजो शनिवार कलेजले आयोजनागरेको पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।
कलेजका सञ्चालक तथा प्राचार्य मनोज कुमार यादवद्वारा जारी एक प्रेस विज्ञप्तीमा भनिएको छ , भौतिक सुविधा सम्पन्न , उच्च प्रविधियुक्त र दक्ष तथा उच्च प्राज्ञिक शिक्षकहरु सहित प्रतिभाशाली र शिक्षित नागरिक तयार पार्ने कलेजको लक्ष्य र उद्देश्य हुने छ ।
राजर्षि जनक विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेर सञ्चालन गर्न लागिएको “माउण्ट एभरेष्ट इन्टरनेशनल कलेज ” ले आगामी वर्ष भित्रै छुट्टै भवन निर्माण गर्ने र अन्य पाँचवटा संकाय सञ्चाालन गर्ने लक्ष्य रहेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
विगत २० वर्षदेखि माध्यमिक तहसम्मको विद्यालय सञ्चालन गरेको अनुभवलाई प्रयोग गर्दै गुणस्तरीय शिक्षाप्रदान गर्ने प्रवन्धनमा कुनै कमी नरहने र यहाँबाट शिक्षित तथा दीक्षित विद्यार्थी विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्षम हुने कलेजको दावी छ । कलेजले शिक्षालाई फगत व्यापार नबनाएर राष्ट्र , समाज र मानवताका लागि योगदान गर्ने जमर्को गर्ने पत्रकार सम्मेलनमा प्रतिवद्धता गरिएको छ ।