मानवबेचविखनविरुद्ध नेपाल–भारतबीचअलग्गै सम्झौता हुनुपर्छ ः नवीन जोशी

[sharethis-inline-buttons]

मानवतस्करी भनेको हामीले सुन्दै आएको चेलीबेटी बेचविखनमात्रहो । तर अहिले सबै मानिसहरु बेचनविखनमा परिरहेका छन् । कुनै लैङ्गिकताकाआधारमा फरक छैन् । बालक, युवा, महिला, किशोरी जोसुकै बेचविखनको शिकारमा छन् ।‘मानवतस्करी घटेको छैन, तौर तरिका बदलिएको छ’
मानवबेचबिखनको खेल भनेको डिमान्ड र सप्लाइको हो ः

नवीनजोशीविगत डेढ दशकदेखि भारतको दिल्लीमा बस्दै आएका छन् । उनी मानव बेचविखन विरुद्धका एक चर्चित नेपाली अभियन्ता हुन् । नेपालका गाउँहरुबाट भारतका विभिन्न शहर र तेस्रो मुलुक जाने क्रममा दलालबाट ठगिएका, बेचिएका वा अलपत्र पारिएकाहरुलाई जोशीको नेतृत्वको एक संस्थाले उद्धार गर्दै आइरहेको छ । जोशी सामाजिक संस्था ‘किन इन्डिया’को निर्देशक समेत छन् । सोही संस्थामार्फत सयौंको उद्दार भइसकेको छ ।महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचिबिखन तथा ओसारपसार विरुद्ध उल्लेखनिय कार्य गरेबापत अठारौँ मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवसका अवसरमा काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा सम्मान ग्रहण गर्न नेपाल आएका बेला जोशीसँग नेपालन्यूज बैंकले संक्षिप्त कुराकानी गरेको छ ।
यतिबेला भारतमा मानव बेचविखनको अवस्था कस्तो छ, घट्दो कि बढ्दो छ ?
दिल्लीमा बसेर हामी मानव बेचविखनविरुद्ध काम गरिरहेका छौं । दिल्ली लगायत भारतका अधिकांश सहरहरुमा बेचबिखनको अवस्था एकदमै गम्भीर छ । बर्षौंदेखि गम्भीर बन्दै आएको छ । मानव बेचविखन भनेको हामीले सुन्दै आएको चेलीबेटी बेचविखन मात्र हो । तर अहिले सबै मानिसहरु बेचनविखनमा परिरहेका छन् । कुनै लैङ्गिकताका आधारमा बेचविखनमा फरक छैन् । बालक, युवा, महिला, किशोरी जोसुकै बेचविखनको शिकारमा छन् । भारत वा भारत हुँदै तेस्रो मुलुकनिर्यात भइरहेका छन् ।

विशेषगरी नेपालका कुन भेगबाट बेचविखनमा परेका व्यक्तिहरु दिल्लीमा भेटिन्छन् ? बेचबिखनको तौर तरिका कस्तो छ ?
नेपालका नुवाकोट र सिन्धुपाल्चोक लगायतका जिल्लाबाट धेरै मानिसहरु बेचविखनमा परेको भेटिन्थ्यो । दिल्लीको जिबी रोड, कलकत्ताको सुनागाछी अथवामुम्बइको कोटीहरुमा नेपालीयुवतीहरु बेचिने गरेको सुनिन्थ्यो र भेटिन्थ्यो । तर अहिले डिजिटल युगमा धेरै परिवर्तनहरु भइरहेको छन् । यो क्षेत्रमापनि सोहीअनुसार परिवर्तन भइरहेका छन् । कानुन संयन्त्रभन्दादुई कदममाथि बेचबिखनभइरहेको छ । बेचबिखननभएको कुनैपनित्यस्तो निश्चित ठाउँ छैन् । अहिले त वाट्सएपमार्फत कुनै फ्ल्याटमा बोलाएर धन्दाचलाएको पाइन्छ । फ्ल्याटमै बसेर विभिन्न ठाउँमा पठाउने काम भइरहेको छ । बेचबिखनको खेल भनेको डिमान्ड र सप्लाइको हो । सोहीअनुसार सप्लाइभइरहेको छ ।दिल्ली, मुम्बइ र कलकत्ताका कोठाहरुमामात्रसिमित छ भन्न सकिदैन् ।
विशेषगरी नेपालको कुनकुननाका बेचबेखिनकालागि बढी जोखिमयुक्त लाग्छन् ?
पूर्व झापादेखि पश्चिम महेन्द्रनगरसम्मका लगभग प्रायः सबै नाकाहरु जोखिमपूर्ण नै छन् । त्यहाँका सानानाकाहरु पनि उत्तिकै चलायमान रहन्छन् । हुनतत्यहाँहाम्रासुरक्षाकर्मीहरु, विभिन्नसंघ संस्थाकासाथीहरुले निगरानी गरिरहनुभएको छ । तर यतिहुँदाहुँदैपनिमहिला, बालबालिकाहरु भारत पुगिरहेका छन् । नाकाबाट गइरहेकै छन् ।कुनै नाकाजोखिममुक्त छैनन् । यसका साथै साना सानानाकाहरुको प्रयोग गर्ने, जङ्गलको बाटो प्रयोग गर्ने, निजी गाडीहरुमा पारी कटाउनेक्रम जारी नै छ । कञ्चापुरतिर बाइकहरु प्रयोग गरेर पनिनाकापार गराउने गरेको पाइन्छ । पछिल्लो पटक हामीले कोभिडपछि १९ जनाबालकहरुलाई लैजाने क्रममा रेड गरेर उद्धार गरेका थियौं । उनीहरुलाई खेतबाट बोर्डर कटाइएको रहेछ । तार समेत हटाएर बोर्डर कटाएको रहेछ । बोर्डर कटाउने तरिका सधैँ फरक फरक हुन्छ ।
मानवबेचविखनमाप्रहरी प्रशासन, राजनीतिक दल र अन्यनिकायहरुको पनिकहीं कतै मिलेमतो भएजस्तो आशंकालाग्दैन् ?
राजनीतित सबै ठाँउमा जोडिएको हुन्छ । तर कुन रुपमा जोडिएको हो भन्ने कुरा बुझ्नपर्छ । दलहरु त मिडिया,व्यापारलगायत राम्रो नराम्रो सबै ठाँउमा जोडिएकै हुन्छन् ।हामीलाई कुनैबेलामाथिउल्लेख गरिएका सबै ठाउँबाट धम्कीआउने गर्दथ्यो तर वास्तानगरी अगाडि बढिरहेका हुन्थ्यौं । तर ब्यूरोक्रेसी अथवाप्रहरीहरुयस्तो जघन्य अपराधमामिलेको छ किभन्ने चाहीं लाग्दैन् ।
सामान्यतयामानव वेचविखन देहव्यापारमा मात्र केन्द्रीत हुन्छ भन्ने मान्यता छ, तपाइँहरुको अध्ययनले के देखाउँछ ?
पहिलायौनव्यवसाय गर्नको लागिमात्रलगिने गरेको जस्तो देखिन्थ्यो । तर समय धेरै परिवर्तन भइसक्यो । अहिले को मान्छे कहाँ फिट हुन्छ, त्यसलाई लगेर भीखमगाउने हो किलागू औषधओसार पोसारमा लगाउने हो किअथवाबालमजदुर गराउने हो किभन्ने कुरा व्यक्तिलाई हेरेर निर्भर हुन्छ । दलालहरुको उद्देश्य भनेको पैसा कमाउने मात्रहो ।
तर पछिल्लो समय नेपालीहरुलाई भारतमा लगेर आफ्नो किट्नीनिकाल्नलगाएर किड्नीको व्यापार पनि गराएकोभन्ने समाचार आइरहेका छन् । यो सत्यहो ?
एक समयनेपालको होक्से गाँउबाट नेपालीहरुलाई कलकत्तामा लगेर किड्नी ट्रान्सप्लान्ट गर्ने कामहरु गर्न लगाएको हामीले थाहापाएकाहौं ।त्यस बाहेकअन्यअंगको पनिव्यापार हुँदैछ रे भन्ने सुन्नमाआएको छ । यसमाभारत सरकार पनिसंवेदनशिल छ तर यस्तो समस्याविश्वव्यापी रोगकै रुपमा छ । कमगर्न सकेको भएपनि रोक्न सकेको अवस्था छैन् ।
मानवबेचविखन रोक्न भारत र नेपालकाप्रहरी प्रशासनको इमान्दार सहयोग पाइरहनुभएको छ ?
कानूनी रुपमाभारतको सरकार र प्रशासनले सहयोग गरिरहनुभएको छ ।भारतमा १८ वर्षभन्दामुनीकाबालबालिकाहरुकालागिअलगै कानून र अदालतछ । त्यसो भएको हुनाले पनि सहयोग गर्दैनौ भनेर भन्नै मिल्दैन् । तथापी, १८ वर्षभन्दामाथिकाव्यक्तिहरुको उद्धारमा भने केही समस्याहरु हुने गरेका छन् । उद्धार हुनुछैनभन्ने किसिमका कुराहरुले गर्दा व्यवहारिक समस्याहरु छन् ।त्यस्तो केशमा पीडित हो कीहोइनभनेर प्रमाणीत गर्न चाहीं प्रहरी प्रशासनले सहयोग गर्छ । नेपालमापनिपहिलाभन्दाअहिले युवाहरु प्रहरी प्रशासनवा व्यूरोक्रेसीमाहुनुभएकाले केही सहजभएको छ । तर यतिहुँदाहुँदै पनिहामीमाकानुनीअभावहरुले गर्दा समस्या पर्ने गरेको छ । किनभने कानूनी रुपमानेपाल र भारत दुवै देशको मानव बेचबिखनको लागि कसरी काम गर्ने भनेर कुनै सम्झौता छैन् । कानुननहुँदा उद्धार गरिसकेपछि पनि स्वदेश फिर्ता गर्नको लागित्यतिकै चुनौतीभइरहेको छ । स्वदेश फर्काउने सवालमाप्रशस्तकानुनी र कागजी समस्याहरु झेलिरहनुपरेको छ ।
तपाई आफूचाहीं यो क्षेत्रमालागेको कतिभयो, अहिलेसम्म कतिको उद्धार गर्नुभयो ?
मैंले काम गरेको करिब १५ वर्ष भयो । हामीअर्थात मेरो नेतृत्वको टीमले आठ सय जनाको उद्धार तथा स्वदेश फिर्ता गरिसकेका छौ । त्यसमा ९९ प्रतिशत नेपाली अरु भारतीयथिए । हाम्रासहयोगी संस्थाहरु छन् ।एनसीआरसी जस्ता संस्थाहरु छन् ।शक्ति समूह जस्ता धेरै संस्थाहरु छन् ।उहाँहरु मार्फत उद्धार भएकाहरुलाई सुधार गृह वापुनःस्थापना केन्द्र लैजाने, तालिमदिने कामगरिरहेका छौं ।
उनीहरुलाई सीप सिकाउने र जागिर दिनेकामपनिभइरहेका छन् । उनीहरु फेरि पीडित नबनोस भन्नकालागिसंघ संस्थाहरुसँग सहकार्यका काम गरिरहेका हुन्छौ । आवश्यक परे अनुसार पढ्न मन भएकाहरुलाई पढाउने कामपनिहुने गरेको छ ।त्यसमा नेपाल सरकारको पनिभूमिकारहन्छ । सरकारका आफ्नै कार्यक्रमहरु पनि छन् ।
तपाईहरुको अध्ययनले भारत वा तेस्रो मुलुकमानव बेचविखनको प्रक्रियाचाहीं कस्तो हुँदोरहेछ, दलालहरुले कति कमाउँछन?
मानवबेचविखनका अनेक रुप छन् । इराक, कुबेतलगायत खाडी मुलुक पठाउनेको छुट्टै संजाल र प्रक्रियाहरु छन् ।त्यहाँ लगेर यौनव्यवसायहरुमालगाउने गर्छन् । त्यहाँ बसेको मानिसले कराडौं कमाइ गर्छन् । मानवबेचबिखन अनुसन्धानब्यूरोमा बयानलिने क्रममाकति ठाँउमा जाने कति पैसा लिने भन्ने कुरा सोधेर हिसाबलगाउँदाएकजना बहिनी(युवती)बाट एक महिनामादुई करोड रुपैयाँकमाउने अनुमानगरिएको छ । त्यस्ताबहिनीहरु एक पटकमा १०–१२ जनासम्म हुन्छन् । भनेको दलालको आम्दानीआफैं हिसाब गर्नुहोस ।
तपाईको कुराकानीको सारमानव बेचविखन बढिरहेको भन्ने रहयो । तर नेपालमापहिलेजस्तो गरिबी र अशिक्षा छैन् । त्यस कारणले बेचबिखन घटेको छ पनिभनिन्छ नि ।
पहिलाकोरिर्पोटहरु पढ्दा वात्यो बेलाको गरिबी, अशिक्षाको कारणले बढी बेचबिखनमा पर्ने गरेका थिए । तर अहिले धेरै आकाङक्षाहरु बोकेको कारणले प्रलोभनमा बढी परेको जस्तो देखिन्छ । २०१६, १७ र १८ मा वैदेशिक रोजगारको विरुद्धमा क्याम्पेन नै चलाएकाथियौं । जसमासुरुमा १६ जना उद्धार गरेका थियौं । त्यसपछि पहाडजंगबाट ३९ जना साथै क्रमशःदर्जनौं व्यक्तिहरुको उद्धार गरेका थियौं । हुनतअहिले भारतलाई प्रयोग गरेर तेस्रो मुलुकमामहिलाहरुलाई कम नै पठाउने गरेको पाइन्छ ।
मानवबेचविखन रोक्ने मुख्यजिम्मेवारी भनेको सरकारको हो । हामीले सरकारलाई सहयोग गरेका छौ । सरकारले पनि यो विषयलाई गम्भीरतापूर्वक लिएर दुवै देशबीच सम्झौतागर्नुपर्छ । यसले उद्धार गरेका र मुद्दा परेका प्रतिवादीहरुलाई ल्याउन सहजीकरण हुन्छ ।
हुनत यो कामएकदमै जोखिमपूर्णपनि छ । काममाखतरा एकदमै छ ।चुनौतीहरु पनि धेरै नै छन । मानवबेचबिखनविरुद्धको अभियानभनेको जबसम्ममानिस आफै अथवाआफ्नै घरको मानिस बेचिदैँन्तबसम्म मान्छेलाई चासो लाग्दैँन् । बेचविखनविरुद्ध उत्रिने भनेको आफूलाई परिसकेपछि मात्रहो । तर यो गलतहो ।यसमाचासो राख्नुपर्छ । घर घरबाट हरेकव्यक्तिले यसबारे सोच्ने हो भने घटना धेरै कमहुनसक्ने सम्भावना छ ।

मानव बेचविखन विरुद्धका अभियन्ता
एवम निर्देशक, किन इन्डिया, नयाँदिल्ली

 


प्रकाशित : २०८१ भाद्र २२ शनिबार