
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी गोलबजार नगर कमिटीले एक प्रेस विज्ञप्ती प्रकाशित गरी गोलबजार नगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ मा वृद्धि गरेको मालपोत कर फिर्ता लिन माग गरेको छ । सो पार्टीका नगर कमिटी अध्यक्ष भेषराज ठकुरीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा भनिएको छ ,देशको आर्थिक मन्दी तथा किसान मजदुरहरुको गिर्दो आर्थिक अवस्थाबारे बिचार नगरी हचुवा र मनोमानी ढङ्गले प्रति विघा ८ हजारसम्म अर्थात एक हजार प्रतिशतसम्म जग्गाको मालपोत ( कर ) वृद्धि गरेको प्रति हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी गोलबजार नगर कमिटीको गम्भीर ध्यानाकर्षण भएको छ । यतिबेला आर्थिक मन्दीले समुच्चा राष्ट्र निस्सासिने गरी अवनतीतर्फ उन्मुख छ । किसान मजदुर तथा साना व्यापारीहरुलाई त जीवन निर्वाह गर्नै कठिन भइरहेको छ । यतिबेला स्थानीय सरकारले जनतालाई राहत र सुविधाहरु उपलब्ध गराएर सघाउनु पर्ने हो तर त्यसको ठीक विपरीत किसान मजदुर तथा साना व्यापारीहरुको ढाड भाच्चिने गरी अचाकली मालपोत ( कर ) वृद्धि गरिनु जनविरोधी कार्य हो ।
प्रेस विज्ञप्तीमा भनिएको छ , गोलबजार नगरपालिकाले मालपोत कर वृद्धि गर्दा , आर्थिक सर्वेक्षण गरी सर्वदलीय सहमति गर्ने प्रकृया अपनाउनु पथ्र्यो । सो समेत नगरी हचुवा र मनोमानी ढङ्गले मालपोत वृद्धि गरेर नगरबासी जनतालाई हदैसम्म शोषण गर्ने नीति लिएको देखिन्छ । करको दायरा बढाएर जानु पर्ने ठाउँमा कर वृद्धि गर्नु अन्याय र अत्याचार हो । गोलबजार नगरपालिकाले कायम गरेको मालपोत दर रेट विश्वमा कही कतै छैन । यस प्रकारको मालपोत वृद्धि अविवेकी र जनविरोधी शक्तिहरु मत्र गर्दछ । त्यसकारण गोलबजार नगरपालिकाले वृद्धि गरेको मालपोत दर रेट खारेजीको भागी छ ।
जनताले कर वृद्धिको विरोध गर्दा नगर कार्यपालिकाले निर्णय नै गरिनसकेको विषयमा नगर प्रवक्ताले झुटो प्रेस विज्ञप्ती निकालेर नतालाई दिग्भ्रमित र गुमराह पार्ने प्रयास गरेकोतर्फ पनि हाम्रो पार्टीको ध्यान पुगेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
नेकपा एकीकृत समाजवादी नगर कमिटीले प्रेस विज्ञप्तीमार्फत माग गर्दै भनेको छ , हाम्रो पार्टी गोलबजार नगरपालिकाले वृद्धि गरेको मध्ययुगिन सामन्ती राज्य प्रणालीले लगाउने जस्तो जनतामारा मालपोत लगायत वृद्धि गरिएका सबै करहरु ७ दिन भित्र पूर्णतया खारेज गरी आर्थिक वर्ष २०८०÷०८१ को अवस्थामा पु¥याउन जोडदार माग गर्दछौ । वृद्धि गरिएको करको दर रेट अनुसार कर उठाउन आज अहिलेदेखि नै रोक लगाउन माग गर्दछौं । त्यसैगरी विशेष नगरसभा बोलाएर वृद्धि गरिएको कर खारेजी गर्न माग गर्दछौं । करको दर रेट र दायरा निर्धारण गर्नु पूर्व सर्वदलीय सहमति गर्न गराउन पनि माग गर्दछौं ।
सो पार्टीले उनीहरुको जनपक्षीय र जायज माग पूरा नगरी बाध्य भएर आन्दोलनमा उत्रिने घोषणा गरेको छ ।